MENU

राजनीति

Ncell Axiata
sagun

सातौँ पटक चुनावी मैदानमा उत्रेका गुरुङ मुख्यमन्त्रीका दाबेदार

श्यामशितल परियार/उज्यालो ।

राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने, पहुँच भएका नेता नहुँदा सम्भावना हुँदाहुँदै पनि लमजुङ विकासको गतिमा अघि बढ्न सकेन भनेर लमजुङ्गका नागरिकले गुनासो गर्ने गरेका थिए । तर यसपटकको चुनावमा भने लमजुङमा शीर्ष नेता नै उम्मेदवार बनेका छन् ।

लमजुङ्गबाट राष्ट्रिय राजीनितीमा प्रभाव पार्न सक्ने नेताका रुपमा कांग्रेसका पूराना नेता दीलबहादुर घर्ती, एमालेका पृथ्वीसुब्बा गुरुङलाइ हेर्ने गरिएको छ । तर तीनै नेताहरु राज्यको उच्च पदमा रहँदा पनि जिल्लामा खासै विकास हुन नसकेको यहाँका नागरिकले गुनासो गर्दै आएका छन् । 

पृथ्वी सुब्बा गुरुङको चुनावी यात्रा 

वि.सं २०४३ सालमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका गुरुङलाई पहिलो गासमै ढुंगो भनेझै भयो । २०४३ मा उहाँले कांग्रेसका लेखनाथ अधिकारीसँग चुनाव हार्नुभयो । २०४८ र २०५१ सालको चुनावमा पनि कांग्रेसकै रामबहादुर गुरुङसँग पराजित हुनुभएको थियो । ०५६ सालको आम चुनावमा पनि उहाँ कांग्रेसका हरिभक्त अधिकारीसँग हार्नुभएको हो । पटकपटकको हारपछि पनि उहाँले हरेश भने खानुभएन । २०६४ सालको चुनावमा उहाँले आफ्नो पोल्टामा नतिजा पार्न सफल हुनुभयो । २०६४ मा उहाँले कांग्रेसका दीलबहादुर घर्तीलाई चुनाव हराउनुभएको थियो । यस्तै गुरुङले २०७० सालको चुनावमा कांग्रेसका चन्द्रबहादुर कुवँरसँग हार्नुभएका गुरुङको यो सातौँ उम्मेदवारी हो । 

पूर्व पर्यटन मन्त्री समेत रहनुभएका गुरुङ अहिले प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने भन्दै चुनाव प्रचारप्रसारमा जुट्नुभएको छ । उहाँको प्रतिद्वन्द्वीको रुपमा कांग्रेसका कृष्णप्रसाद कोइराला हुनुहुन्छ । गुरुङले मुख्यमन्त्रीको दाबी गर्दै चुनाव प्रचार प्रसारमा जुट्दै गर्दा लमजुङका कांग्रेसका केही नेताहरुले प्रदेश नम्बर ४ कांग्रेसको प्रधान क्षेत्र रहेकाले प्रदेश नम्बर ४ को मुख्यमन्त्री कांग्रेसकै हुने दाबी गर्दै आएका छन् ।   

   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया