MENU

खेल

Ncell Axiata
sagun

यु १९ एसिया कप : नेपाल भर्सेस बंगलादेश

काठमाडौं, कात्तिक २५ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले बंगलादेशलाई एक सय ८१ रनको लक्ष्य दिएको छ । अहिले बंगलादेशले जवाफी ब्याटिङ गरिरहेको छ ।

पहिलो विकेट कमल सिंहले बंगलादेशका पिनाक घोसलाई एलबिडब्लू अाउट गरे । पिनाकले ४० बलमा २४ रन बनाएका थिए । सन्दिप लामिछानेले २४ बलमा १२ रन बनाएका मोहम्मद शैफ हसनलाई एलबिडब्लू नै अाउट गरे । अनिल साहले तेस्रो विकेट लिए । ८२ बलमा ५२ रन बनाएका नइम शेखलाई उनले क्याच अाउट बनाएका हुन् । २८ बलमा १५ रन बनाएका तौहिद हृदयलाई दिपेन्द्र सिंह ऐरीले आउट बनाए । यस्तै अमिनुल इस्लामलाई सन्दिप लामिछानेले शून्यमै आउट बनाए । अफिफ हुसैन ३९ बलमा ३३ रन बनाउँदा रन अाउट भए । क्वाजी अाेनिकलाई किशोर महतोले शून्यमै अाउट बनाए । 

मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभल मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा १ सय ६७ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो । डकवर्थ लुइस नियमका आधारमा बंगलादेशलाई ४० ओभर १ बलमा १ सय ८१ रनको लक्ष्य दिइएको हो । सुरुमा पनि वर्षाका कारण ढिला गरी सुरु भएको खेल ४३ ओभरमा झारिएको थियो ।  

नेपालका भीम सार्कीले ४० बलमा ४४, रोहित कुमार पौडेलले ५४ बलमा ४०, आसिफ शेखले ५२ बलमा ३० रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले ४१ बलमा १२ रन बनाए । बंगलादेशका नइम हसनले तीन साथै अफिफ हुसैन, क्वाजी ओनिक र हसन महमुदले एक एक विकेट लिए ।   

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल र बंगलादेशबीच अहिलेसम्म औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका छन् । त्यसमा नेपालले एक खेल मात्रै जितेको छ । तीन खेलमा पराजित भएको छ ।

नेपालले सन् २००२ को १९ वर्षमुनिको विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेच च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । त्यसबेला विनोद दास नेपाली टोलीका कप्तान थिए । अहिले उनी मुख्य प्रशिक्षक हुन् । सन् १९९७ को युथ एसिया कपमा नेपालको यु–१९ टोली बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।

यस्तै सन् १९९९ मा पनि बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भयो । पछिल्लो पटक नेपाली टोली सन् २०१५ को यु–१९ विश्वकपमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

  • २० मिनेटमा ५ गोल

    युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया