MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं, कात्तिक २५ – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा शनिबार पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक समिति सदस्य माला खरेलले जानकारी दिनुभयो । 

सफाइमा वाग्मती सफाइ सद्भावना दु्रत एवं नायिका मनिषा कोइराला, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाललगायत ५१० भन्दा बढी अभियन्ताको सक्रियता थियो । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९५ औँ हप्तामा आज हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 

रुद्रमती सफाइको १९२ औँ हप्तामा आज रातोपुल–कालोपुल शहीदमार्ग हुँदै ज्ञानेश्वरको आनन्द भैरव मन्दिरसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान र प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । 

महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सफाइ अभियानमा सक्रियता थियो । रुद्रमती सफाइ अभियानले आइतबार बिहान कालोपुलको सार्वजनिक जग्गा मिचेर बनाइएका छाप्रा भत्काउने कार्यक्रम रहेको पनि उपाध्यक्ष गिरीले बताउनुभयो । 

विष्णुमती सफाइको १६३ औँ हप्तामा टोखा नगरपालिका–११ महादेवटार हाइटमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० जनाभन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी बिजेन्द्र लामाले जानकारी दिनुभयो । 

मनोहरा नदी सफाइको ३३ औँ हप्तामा आज हनुमन्ते र मनोहरा दोभानस्थित नरेफाँट क्षेत्र वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका–३२ का अध्यक्ष नवराज पराजुलीलगायत १०० भन्दा बढी अभियानकर्मी सहभागिता थियो । 

चक्रपथ सफाइको ३१ औँ हप्तामा नयाँ बसपार्कको आकाशेपुलदेखि गोंगबु चोकसम्म सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा सशस्त्र र नेपाल प्रहरी लगायत स्थानीय संस्थाको सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो । चक्रपथको ग्रीनल्याण्ड क्षेत्रमा पनि आजैदेखि सफाइ शुरु भएको छ । 

यसैगरी मीनभवन आलोकनगर सफाइको ३१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताउनुभयो । सफाइमा ५० भन्दा बढी महिलाको सहभागिता थियो । 

यसैगरी चक्रपथ बाफल खण्ड सफाइको १३ औँ हप्तामा कलंकी–स्युचाटारसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय संघ संस्थाको पनि संस्थागत सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । 

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४२ स्थानमा सफाइ भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ । 
रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया