MENU

विचार/अनुभूति

ujyaalo forign call inside

मंसिरमा चुनाव छ रे हो ? १५ सालदेखि भोट हालेँ खै के र !

शान्ति थापा – 

म ९० सालको भूकम्प जाँदा १० महिनाकी थिएँ । जन्मेको चाहिँ बनेपा घोगेचौर बस्नेत गाउँमा हो । अहिले त्यहाँ अस्पताल बनेको छ । ६ जना बामध्ये म माइलाको छोरी । बुवा रोपलाइनको चेक गर्ने सुबेदार हुनुहुन्थ्यो, त्यतिबेला रोपवेबाट भारी आउँथ्यो नि त ! 

देशमा नेताको कारणले धेरैले दुःख पाए । बेला बेलामा हुने आन्दोलन, लडाई र हिंसाका कारण धेरै नागरिकले सास्ती व्यहोर्नु परेको छ , कतिले त आफन्तलाई गुमाउनु पनि परेको छ । म पनि त्यही दुःखी हुँ मैले पनि २००७ सालको क्रान्तिको बेला, दाजु भाइ, मामा छोरा, आमा ज्यूको श्रीमान् लगायत ११ जना आफन्तलाई गुमाउनुपर्‍यो ।  

२००७ सालको बेला रुख रुखमै झुन्ड्याएर मार्थे । त्यत्तिबेला मारिएकाहरुको किरिया कर्म गर्नसमेत दिएन आर्मीमा हुनेहरुलाई । अहिले आफ्नै स्वार्थको लागि लड्छन्, तपाई हामीले दुःख नगरी खान पाउने होइन, अझै यिनैलाई भोट दिनुपर्ने, मैले २०१५ सालदेखि नै भोट दिएको दिएकै छु । कतिपटक दिएँ मलाई नै थाहा छैन । २०१५ सालको चुनावमा त भोट नहाली नहुने भनेपछि म बिरामी मान्छेलाई समेत डोर्‍याएर लगेको याद छ, चुनीखेलको त्यो डाँडामा गएर भोट हालेको थिएँ । यो दिन मलाई बेसरी ज्वरो आथ्यो, अनि भोट नहाली हुँदैन रे भनेपछि अरुले नै लगेको मलाई याद छ । 

त्यो बेलाको मतपेटिका चाहिँ ठूलठूला काठको हुन्थ्यो, यस्तो टीन सीनको जमाना थिएन । उ बेला त सन्तुस, खुत्रुकेको चल्ती थियो । भोट हाल्ने मान्छे थोरै हुन्थे अहिलेको जस्तो भीड चाहिँ हुदैनथ्यो । त्यतिबेलाको चुनाव चिन्ह सबै सम्झना त छैन तर लालटिन या लाइट जस्तो त्यस्तै त्यस्तै थियो । 

त्यतिबेलाका नेता पनि अरुलाई कल्याण गर्ने भन्दा पनि आफ्नै दुनो सोझ्याउने खालका थिए । आफ्नै  लागि मात्रै सम्पत्ति जोरौं भन्ने खालका थिए । मैले त ‘प्रधानपञ्च, केटाकेटी बुढाबुढीको सप्पै खाउ भन्छ’ भन्ने गीत नै बनाएको थिएँ । प्रधानपञ्च भएर के नै ग¥यो त खै, झन् महँगो भयो, सस्तो भन्या कुनै चीज भएन, अनि गरिबको लिएर धनीलाई नै पोस्थ्यो, त्यो पनि कही धर्म हुन्छ ? राणा त झन काना, आत्मा त एउटै हो नि त्यस्तो गर्न हुन्छ त ? 

अहिलेका नेता पनि उस्तै हुन् । कुनै नेता मन परेको छैन । अहिले पनि चुनाव छ रे मंसिरमा हो ? अब हाम्रो कुरा त कसैले पनि खाँदैन, हामीले भोट हाल्नु पनि पर्दैन । रहर पनि लाग्दैन, कर पनि लाग्दैन । अब किन नदुख्या गोडा दुखाउनु पर्‍यो र ? हिँड्नसम्म हिँडिहाल्यो,  भोट हाल्नसम्म उहिल्यै हालि हाल्यो भोट हालेर के हुन्छ र अब ? मलाई त बरु भजन मन पर्छ, बिहान बेलुका भजन सुन्छु, गाउँछु् । 

पशुपतिको चारै ढोका गुहेश्वरीको दैलो, आर्यघाटमा स्नान गर्दा जाओस् मनको मैलो 
भजाैँ राधेश्याम भजौं राधेश्याम, जिन्दगीको भर छैन भजौं राधेश्याम 
कोही भन्छन् रामै राम कोही भन्छन् श्याम, कैलाशमा शिव बस्छन् कृष्ण कृष्ण नाम
भजाैँ राधेश्याम कृष्ण भजौं राधेश्याम, जिन्दगीको भर छैन भजौं राधेश्याम 

                    

(शान्ति थापाले पी‍. टी. लोप्चनसँग गर्नुभएको कुराकानीमा अाधारित)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

    एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

  • ओलीज्यू, बालुवाटार तपाईँको पेवा हो ?

    मलाई थाहा छ, दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता निकै उत्साहित भैसकेका छन् । धैर्य गरेर यो लेख पढ्ने आँट गरेनन् भने उनीहरुले मलाई यो त कम्युनिष्ट विरोधी रहेछ, यसलाई ठिक पार्नुपर्छ भन्न पनि सक्छन् ।

  • रोजाको वास्तविकता र सामाजिक सद्भाव

    रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।

  • ​एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो

    २ मिनेट, ३ मिनेट, ६ मिनेट जाम खुलेन । १० मिनेट भयो, अझै जाम खुलेन । एम्बुलेन्स एकोहोरो साइरन बजाउँदै छ अझै पनि । एकैछिनमा एम्बुलेन्सको साइरनको चर्को आवाजलाई पनि जित्दै एम्बुलेन्स भित्रबाट कोही चिच्याएको आवाज आयो । सबको ध्यान त्यसैतर्फ तानियो ।

  • ​व्यंग्य – बुढानिलकण्ठबाट जेटका पाइलटलाई फोन : बालुवाटारमा किन रुख रोपेको ?

    ल धेरै धाक नदेखाउनुस् । हाम्ले पनि चलाएका थियौँ जेट । ठोक्किएर चकनाचुर भयो र पो ! तपाईंका जेटको पनि ठेगान छैन । बरु ट्याम्पो नै ठिक छ । सुन्नुभएको होला नि, टेम्पो त ठोक्किएर पनि धेरै क्षति हुँदैन । जहाज ठोक्किएपछि त सबै चकनाचुर !

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया