MENU

खेल

Ncell Axiata
sagun

मुलपानीमा क्रिकेट नखेली खेल जीवन सकिने पीर थियो : पारस खड्का

काठमाडौं, कात्तिक २५ – काठमाडौंको मुलपानीमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदानको शनिबार उद्घाटन भएको छ । मैदानको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो । 

सदस्य सचिव विष्टले खेलाडी, प्रशिक्षक र क्रिकेटलाई माया गर्नेहरुको पहलमा अलपत्र रहेको मैदान खेल्न योग्य हुनु खुशीको कुरा भएको भन्दै मुलपानी मैदानको पुर्णताका लागि राखेपले काम थाल्ने बताउनुभयो । उहाँले मैदानको स्तरोन्नतीको लागि बजेट दिने र मैदानलाई व्यवस्थित बनाउने पनि बताउनुभयो । मैदान उद्घाटको क्रममा राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीबिच मैत्रीपुर्ण खेल पनि भएको थियो ।  

उद्घाटनमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको विकल्प तयार भएकोमा खुसी लागेको बताए । ‘मुलपानीमा क्रिकेट नखेली खेल जिवन सकिने पीर थियो, तर कम सेकम मुलपानी खेल्न सकिने मैदान बन्दा खुसी लागेको छ’ मुलपानी मैदानमा पारसले भने, ‘पहिलेदेखि यो ठाउँमा ग्लोबल क्रिकेट मैदान बनाउने योजना थियो, त्यो पूरा त भएको छैन, तर यो ठाउँमा क्रिकेटको हव बनाउन सकिन्छ भन्ने आशा लागेको छ, यसका लागि सबैको सहयोग जरुरी छ ।’

१३ वर्षअघि निर्माण सुरु भएको मुलपानीको क्रिकेट मैदान विभिन्न कारणले पूरा हुन सकेको थिएन । २०७३ सालको असोजमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेलसहितका क्रिकेटर र क्रिकेट संघका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्वी लामाको पहलमा तत्कालिन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई मैदान निर्माणको माग गरेर ज्ञापनपत्र बुझाइएको थियो । 

खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीको पहलमा २०७३ सालको चैतमा झन्डै १७ लाख रुपैयाँ बजेट छुट्याएर काम सुरु भएको थियो । माथिल्लो क्रिकेट मैदानलाई क्यानले २०६४ सालमा मैदान सम्याउने तथा बार लगाउने काम सकेर २०६७ सालमा पवेलियनसमेत बनाएको थियो तर त्यसपछि मैदान निर्माणको काम अलपत्र थियो । माथिल्लो मुलपानी क्रिकेट मैदान खेल्न योग्य भएपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानको विकल्प पनि तयार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

  • २० मिनेटमा ५ गोल

    युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया