MENU

खेल

Ncell Axiata

ट्युनिसिया पाँचौँ पटक विश्वकपमा, रुस यात्रा पक्का

कात्तिक २६ – ट्युनिसियाले आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेको छ । अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा रहेको ट्युनिसियाले शनिबार राति भएको खेलमा लिबियासँग गोलरहित बराबरी खेले पनि समूह विजेता बनेर विश्वकपमा स्थान पक्का गरेको हो । ट्युनिसियाले कंगो गणतन्त्रलाई पछि पार्दै समूह विजेता बन्न सफल भएको हो । यो खेलमा पराजित भएको भए कंगो विश्वकपमा छनौट हुने थियो । ट्युनिसियाले पछिल्लो पटक सन् २००६ को जर्मनी विश्वकपमा खेलेको थियो । त्यसपछिका दुई विश्वकपमा छनौट हुन नसकेको ट्युनिसियाले आउँदो वर्ष रुसमा हुने विश्वकपमा भने प्रतिस्पर्धा गर्ने भएको छ । ट्युनिसियाले योसँगै अहिलेसम्म पाँचपटक विश्वकपमा स्थान बनाएको छ । राति नै भएको खेलमा गिनीलाई ३–१ ले हराए पनि कंगो भने एक अंकले पछि पर्दै विश्वकपमा छनौट हुन सकेन । अफ्रिकी क्षेत्रबाट समूह ‘ए’ को विजेताको रुपमा ट्युनिसिया, समूह ‘बी’ बाट नाइजेरिया, समूह ‘सी’ बाट मोरक्को, समूह ‘डी’ बाट सेनेगल र समूह ‘इ’ बाट इजिप्टले विश्वकपमा स्थान बनाएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया