MENU

खेल

ujyaalo forign call inside

२० वर्षपछि विश्वकपमा मोरक्को

कात्तिक २६ – मोरक्कोले आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेको छ । अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको मोरक्कोले शनिबार राति भएको खेलमा आइभरीकोस्टलाई २–० ले हराउँदै समूह विजेता बनेर विश्वकपमा स्थान पक्का गरेको हो । मोरक्को सन् १९९८ पछि पहिलो पटक विश्वकपमा छनौट हुन सफल भएको हो । मोरक्कोले आउँदो वर्ष रुसमा २० वर्षपछि फेरि विश्वकप खेल्नेछ । मोरक्कोलाई महत्वपूर्ण जित दिलाउँदै विश्वकपमा स्थान बनाउनका लागि आइभरीकोस्टसँगको खेलमा नाविल डिरार र मेहदी बेनाटिएले गोल गरे । दुवै गोल पाँच मिनेटको अन्तरमा भएको हो । नाबिलले २५ तथा मेहदीले ३० औं मिनेटमा गोल गरेका हुन् । अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल र ट्युनिसियाले विश्वकपमा स्थान बनाइसकेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया