MENU

खेल

Ncell Axiata

अर्जेन्टिनाले रुसलाई हरायो, विश्वकप हुने देशमा अग्युरोको महत्वपूर्ण गोल

कात्तिक २६ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी अन्तर्गत भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । विश्वकप आयोजक रुससँग शनिबार राति भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो । मस्कोमा भएको खेलमा भ्रमण टोली अर्जेन्टिनालाई जिताउन खेलको अन्तिम समयमा सर्जिओ अग्युरोले गरेको गोल नै निर्णायक बन्यो । लियोनल मेस्सीसहितको टिम अर्जेन्टिनाले रुसलाई खेल अवधिभर दबाबमा राखेको थियो । अर्जेन्टिनाले गोल गर्ने प्रयास निकै गरेको भएपनि गोलका लागि भने खेलको अन्तिम समय पर्खिनु प¥यो । अग्युरोले दोस्रो प्रयासमा ८६ औं मिनेटमा टिमका लागि विजयी गोल गरे । गएको अक्टोबर ११ मा भएको दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत अन्तिम खेलमा मेस्सीको ह्याट्रिमकको मद्दतमा इक्वेडरलाई ३–१ ले हराएर अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको थियो । आयोजक रुसले गभने गएको जुनमा भएको कनफेडेरेशन कपमा खराब प्रर्दशन गरेको थियो । अहिले पनि प्रदर्शनमा खासै सुधार गरेको देखिएको छैन । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया