MENU

खेल

Ncell Axiata
sagun

नेइमारले आँसु थाम्न सकेनन्, रुँदै बाहिरिए

कात्तिक २६ – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेइमार पत्रकार सम्मेलनबाट रुँदै बाहिरिएका छन् । विश्वकप फुटबलको तयारी अन्तर्गत भएको जापानसँगको मैत्रिपूर्ण खेलमा ३–१ को जितपछि भएको पत्रकार सम्मेलनबाट नेइमार रुँदै बाहिरिएका हुन् । खेलपछि भएको पत्रकार सम्मेलनमा नेइमार पिएसजीमा खुशी नरहेको भन्ने खबर बारे ब्राजिलका प्रशिक्षक टिटेले नेइमारको बचाउ गरेका थिए । प्रशिक्षक टिटेले आफ्नो बारेमा बोलेको सुनिरहेका नेइमारले आँसु थाम्न सकेनन्, उनी रुँदै त्यहाँबाट गए । यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका नेइमार त्यहाँ खुशी नरहेको भन्ने खबर पछिल्लो समय आएको छ । फ्रान्सको एक पत्रिकाले पिएसजीका प्रशिक्षक युनाइ एम्रीसँग सम्बन्ध राम्रो नरहेको खबर छापेको थियो ।

नेइमारले भने एम्रीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताए । ब्राजिलका प्रशिक्षक टिटेले नेइमारसँग कुनै समस्या नरहेको र उनी निकै ठूलो हृदय भएका व्यक्ति रहेको बताए । आफ्नो बारेमा टिटे बालिरहँदा नेइमार रोए, टिटेले उनको टाउकोमा हात राखे । त्यसपछि पनि रोइरहेका नेइमार त्यहाँबाट निस्केर गए । जापनसँगको खेलमा नेइमारले पेनाल्टी मार्फत एक गोल गरेका थिए भने एउटा पेनाल्टीमा चुकेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

  • चेल्सीको प्रभावशाली जित, पुग्यो अन्तिम १६ मा

    मंसिर ७ – इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चेल्सी समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

  • मेस्सी बेन्चमा, बार्सिलोनाले गोल गर्न सकेन

    मंसिर ७ – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो ।

  • अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

    मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

  • मेस्सी अहिलेको पुस्ताका म्याराडोना–डिबाला

    मंसिर ६ – इटालियन सिरी ए क्लब युभेन्टसका स्टार खेलाडी पाउलो डिबालाले लियोनल मेस्सी अहिलेको पुस्ताको म्याराडोना रहेको बताएका छन् । डिबाला र मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सँगै खेल्छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया