MENU

बातावरण-कृषि

ujyaalo forign call inside

काठमाडौंको तापक्रम घट्यो

काठमाडौं, कात्तिक २६ – केहिदिनयता बढेको काठमाडौंको न्यूनतम तापक्रम आइतबार बिहान भने घटेको छ । आइतबार बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार बिहान ९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम आइतबार बिहान ९ डिग्री सेल्सियसमा झरेको हो । यसअघि कात्तिक १३ गते ९ दशमलव २ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम त्यसतया भने बढेको थियो ।

बिहान ९ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम आज दिउँसो २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ । शनिबार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस, जोमसोमको २ दशमलव २ डिग्री र जिरीको ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरिकै मौसम सफा हुने मौसमविदको अनुमान छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया