MENU

खेल

Ncell Axiata
sagun

स्पेनको शानदार जित

कात्तिक २६ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा स्पेनले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ५–० ले हराएको हो । विश्वकपमा स्थान पक्का गरेको स्पेनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गर्‍यो । स्पेनका जितमा डेविड सिल्भाले दुई तथा जोर्डी अल्बा, अल्भारो मोराटा र इनिएस्टाले एक एक गोल गरे । छैटौं मिनेटमा नै अल्बाले गोल गर्दै स्पेनलाई सुरुवाति अग्रता दिलाए । २३ औं मिनेटमा मोराटाले गोल गरेपछि पहिलो हाफमा स्पेनले २–० को अग्रता लियो । ५१ र ५५ औं मिनेटमा गरी सिल्भाले दोस्रो हाफको सुरुमा नै दुई गोल गरेपछि स्पेनले ४–० को अग्रता लियो । निकै प्रभावकारी र बलियो देखिएको स्पेनका लागि ७३ औं मिनेटमा इनिएस्टाले गोल गर्दै ५–० को जित निश्चित गरे । विश्वकपमा छनौट भएको कोस्टारिका भने स्पेन सामु निकै कमजोर देखियो । उसले एक पटक पनि पोस्ट प्रहार गर्न सकेन । स्पेन प्रशिक्षक जुलेन लोपेतेगुइको प्रशिक्षणमा पछिल्ला १५ खेलमा अपराजित रहँदै आएको छ । राति नै भएका अरु खेलमा मेसेडोनियालो नर्वेलाई २–० तथा चेक गणतन्त्रले कतारलाई १–० ले हरायो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

  • २० मिनेटमा ५ गोल

    युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया