MENU

अर्थ

Ncell Axiata
sagun

​आइतबार दिनारको मूल्य बढ्यो, रिंगिट, रियाल र दिर्हाम पनि उकालो लाग्दै

काठमाडौं, कात्तिक २६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३० पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ८० पैसा र विक्रिदर २४ रुपैयाँ ९५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र विक्रिदर ९ रुपैयाँ ३४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४३ रुपैयाँ ३४ पैसा छ भने विक्रिदर ३ सय ४५ रुपैयाँ ३२ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ०७ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया