MENU

खेल

Ncell Axiata
sagun

​क्रिकेटमा भारतलाई हराउने खेलका नायक दीपेन्द्र

काठमाडौं, कात्तिक २६ – उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतलाई १९ रनले हराएको खेलमा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी नायक सावित भएका छन् । बलिङ र ब्याटिङ दुवै तर्फ उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले भारतलाई हराएको हो । पहिला ब्याटिङ गरेको नेपाललाई सम्मानजनक स्थितिमा पुर्‍याउन दीपेन्द्रले १ सय १० बल खेल्दै  ८८ रन बनाएका थिए । ८७ दशमलव ८१ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले ६ चौका र २ छक्का हाने । नेपालको सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलीसकेका दीपेन्द्र ९ दशमलव ५ ओभरमा अनिलकुमार शाह दोश्रो विकेटका रुपमा आउट भएपछि ब्याटिङमा आएका थिए । 

त्यतिबेला नेपालको खातामा जम्मा २८ रन मात्र थियो । मन्दिप सिंहको बलमा तनुश कोटिएनको हातबाट दीपेन्द्र क्याच आउट हुँदा नेपालले ४८ दशमलव २ ओभर खेल्दै स्कोर बोर्डमा १ सय ७२ रन बनाइसकेको थियो । 

यस्तै बलिङतर्फ पनि राम्रो प्रदर्शन गरेका दीपेन्द्रले १० ओभरमा भारतका महत्वपूर्ण ४ विकेट लिएका थिए । उनले १० ओभरमा २ मेडन राख्दै जम्मा ३९ रन मात्र दिए । उनले भारतका अथर्व तैड (१३ रन),  अभिषेक शर्मा (२७ रन), शिव सिंह (९) र मन्दिप सिंह (०) लाई आउट गरे । अभिषेकको क्याच समेत आफैंले लिएका दीपेन्द्रले शाहब आलमको बलमा विवेकानन्द तिवारीलाई पनि क्याच आउट गरेका थिए । भारतसँगको खेलमा म्यान अफ द म्याच बनेको उनले प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँगको खेलमा भने मात्र १२ रन बनाएका थिए  । उनले बलिङतर्फ एक विकेट लिए । 

१८ वर्षपनि पुरा नभएका दीपेन्द्रले विश्व क्रिकेट लिग अन्तर्गत गत फागुनमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको मैदानमा केन्या विरुद्ध भएको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

केन्यासँगका २ खेलमा ६२ रन बनाएका उनले डेब्युपछि पछाडी फर्केर हेर्नु परेको छैन । उनले इमर्जिङ टिम्स कप क्रिकेटमा बंगलादेशविरुद्ध ५६ र हङकङविरुद्ध नट आउट ६० रन बनाएका थिए । सन्दिप लामिछानेलाई विस्थापित गर्दै उनले १९ वर्षमुनिको टोलीको कप्तानको जिम्मेवारी समेत पाएका हुन् ।

यो पनि पढ्नहोस्

यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

  • २० मिनेटमा ५ गोल

    युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया