MENU

अर्थ

Ncell Axiata
sagun

लालीगुराँस नगरपालिकाको बजेट साढे २६ करोड

तेह्रथुम, कात्तिक २६ –  तेह्रथुमको लालीगुराँस गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ का लागि साढे २६ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । स्थानीय चुनावपछि पहिलो पटक जनप्रतिनिधिको सहभागितामा भएको नगरसभाले पाँच वर्षभित्र समृद्व नगरपालिका बनाउनका लागि २६ करोड ७० लाख ३९ हजार ८ सय ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । 

नगरसभालाई सम्बोधन गर्दै लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङले नगरपालिकालाई समृद्व र नयाँ शहर निर्माणको अभियानसहित पुर्वाधार विकास, पर्यटन, कृषि र आधुनिक शिक्षालगायत एजेण्डाहरुलाई प्राथमिकतामा राख्दै २६ करोड ७० लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्नुभएको हो ।

जसमा संघीय सरकारबाट प्राप्त वित्तीय शर्तसहितको वित्तीय अनुदान ९ करोड ३२ लाख ४२ हजार रुपैयाँ, समान्यीकरणतर्फ १५ करोड रुपैयाँ, आन्तरिक आयतर्फ ३६ लाख ९१ हजार १ सय ३६ रुपैयाँ, स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ १५ लाख २५ हजार रुपैयाँ, सडक बोर्डको २५ लाख रुपैयाँ र राजस्व बाँडफाँडतर्फ १५ लाख रुपौयँ तथा गत आर्थिक वर्षबाट १ करोड ४५ लाख ८१ हजार ७ सय ३४ रुपैयाँ बजेट रहेको छ । 

त्यसमध्ये पुर्वाधार विकासतर्फ सवारी साधन तथा यान्त्रिक उपकरण खरिदका लागि १ करोड ६४ लाख २५ हजार रुपैयाँ, सडक निर्माण तथा स्तरोन्नतिका लागि २ करोड १० लाख ७० हजार रुपैयाँ, खेल मैदानका लागि १६ लाख ४० हजार रुपैयाँ, भवन निर्माणका लागि ४९ लाख ३० हजार रुपैयाँ, खानेपानी व्यवस्थापनका लागि २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ । 

यस्तै कृषि क्षेत्रका लागि ३५ लाख ४५ हजार रुपैयाँ, धर्म, संस्कार संस्कृति संरक्षणका लागि ११ लाख २० हजार रुपैयाँ, पर्यटन विकास तथा प्रवर्धनका लागि ५८ लाख रुपैयाँ, शिक्षा क्षेत्रतर्फ ४७ लाख १५ हजार रुपैयाँ, स्वास्थ्य क्षेत्रतर्फ १९ लाख ५० हजार रुपैयाँ, आदिवासी जनजातीतर्फ १७ लाख रुपैयाँ, पुस्तकालय निर्माणका लागि १२ लाख ५० हजार रुपैयाँ, खेलकुदका लागि १६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको मेयर माबोहाङले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया