MENU

खेल

ujyaalo forign call inside

​प्रधानमन्त्रीदेखि सर्वसाधारणले नेपाली टोलीलाई यसरी दिए बधाई

काठमाडौं, कात्तिक २६ –  उन्नाई वर्षमुनिको एसिया कप क्रिकेटमा भारतलाई हराएको नेपाली टोलीलाई बधाईको ओइरो लागेको छ । फेसबुक, ट्वीटर इन्टाग्रामलगायतका सामाजिक सञ्जालमा नेपाली टोलीलाई हजारौंले बधाई दिएका छन् । 

एशोसिएट देशमध्ये सबैभन्दा धेरै क्रिकेट समर्थक भएकोले पनि नेपालले जित्दा बधाईको ओइरो लागेको हो । नेपालले जुन देशलाई हराए पनि उत्तिकै हौसने नेपाली भारतलाई हराउँदा झनै उत्साहित भएका छन् । अहिले नेपाली टोलीलाई राजनीतिक दलका नेतादेखि खेलाडी, गायक सबैजनाले बधाई दिएका छन् । 

प्रधानमन्त्री शेरवहादुर देउवाले नेपाली टोली र कप्तान दिपेन्द्रसिंह ऐरीलाई बधाई दिनुभएको छ ।



चुनावी प्रचारका क्रममा झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले  नेपाली टोलीलाई बधाइ दिँदै अझ धेरै सफलताको कामना गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले पनि जितको लागि नेपाली टोलीलाई बधाइ दिनुभएको छ । 
 

एमालेका नेता रविन्द्र अधिकारीले पनि बधाइ दिनुभएको छ । 


संविधानविद् निलाम्बर आचार्यले ऐतिहासिक जितको लागि नेपाली टोलीलाई  बधाइ दिनुभएको छ ।


साहित्यकार बुद्धिसागरले पनि नेपाली टालीलाई बधाइ दिनुभएको छ । 


नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पनि खुसी व्यक्त गर्दै नेपालको अचम्मको प्रदर्शन भनेका छन् ।


यस्तै गायक प्रमोद खरेलले नेपालले जित्दा खुसीको सिमा नै नभएको भन्दै नेपाली टोलीलाई बधाइ दिनुभएको छ । 


सामाजिक सञ्जालमा नेपालले भारतलाई हराएर नाकाबन्दीको जवाफ दिएको भन्ने तर्क पनि प्रस्तुत भएका छन् । कुलरिम्सले नाकाबन्दीको जवाफ नेपाली टोलीले शानदार ढंगले क्रिकेटबाट दिएको भन्दै ट्वीट गर्नुभएको छ । 
 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया