MENU

समाज

Ncell Axiata
sagun

एमविविएसको प्रवेश परीक्षा फेरि गर्नुपर्ने माग राख्दै प्रदर्शन

काठमाडौं, कात्तिक २६ – एमविविएसको प्रवेश परीक्षामा चिट चोराएर विद्यार्थी पास गराइएकोले पुन परीक्षा हुनपर्ने माग गर्दै विद्यार्थीले आइतबार प्रदर्शन गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विद्यार्थीहरुले पुनः परीक्षाको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमका डिन डाक्टर जगदीश अग्रवालको पुत्ला पनि जलाएका छन् । 

प्रवेश परिक्षामा चिट चोराइएको पुष्टी भएको र प्रहरीले पनि छानविन प्रतिवेदन बुझाइसकेको अवस्थामा दोषीलाई कारबाही नगर्नु गम्भीर विषय भएको भन्दै उनिहरुले पुत्ला जलाएका हुन् । 

उनीहरुले अहिलेको  परिक्षा रद्द गरेर मर्यादित ढंगले फेरि परीक्षा हुनुपर्ने, डिन र परीक्षा समिति बर्खास्त गर्नुपर्नेलगायतका माग राखेका छन् । आइओएमले गएको असोज २८ गते लिएको एमविविएसको प्रवेश परिक्षामा चिट चोरी भएको घटना बाहिरिएको थियो । 

प्रदर्शनमा चिकित्सा शिक्षा अध्यादेश ल्याउन पहल गरेका डाक्टर गोविन्द केसी चिट चोरी प्रकरणमा मौन बसेको भन्दै उनीहरुले डाक्टर केसी विरुद्ध पनि नाराबाजी गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया