MENU

समाज

Ncell Axiata
sagun

धादिङमा बस दुर्घटना हुँदा ६ जना घाइते

धादिङ, कात्तिक २६ – विराटनगरबाट काठमाडौंका छुटेको यात्रुवाहक बस आइतबार बेलुका धादिङमा दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । 

पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका वडा न‍ १ खयरघारी सडकबाट महेश खोलामा बस खसेर दुुर्घटना भएको उद्वारमा संलग्न प्रहरी सहायक निरीक्षक खिम जिसीले जानकारी दिनुभयो । 

ना ६ ख ७६८७ नम्बरको बस खाजा खाएको होटलबाट पछाडि सार्ने क्रममा सडकबाट खोलामा खसेर दुर्घटना भएको र घाइतेको उद्धार गरी काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको उद्वारकर्ता केदार पौडेलले बताउनुभयो । 

दुर्घटना चालकको स्वास्थ्य समस्याका कारण भएको बताइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको  प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया