MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

अमेरिकी राष्ट्रपति ट्रम्पले भने – उत्तर कोरियाली नेता किम जोङलाई ‘मोटे’ र ‘पुड्के’ भनेको छैन

कात्तिक २६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच फेरि वाकयुद्ध सुरु भएको छ । एसिया भ्रमणमा रहनुभएका डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत उत्तर कोरियाली नेतालाई पुनः निशाना बनाउनुभएको छ । उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘युद्धको भोको’ र ‘खुस्केको बुढो’ भनेपछि ट्रम्पले प्रतिक्रिया जनाउनुभएको हो । ट्रम्पले उत्तर कोरियाली नेताले आफूलाई ‘बुढो’ र ‘युद्धको भोको’ रहेको भन्दै होच्याएको बताउनुभएको छ । उहाँले आफूले उत्तर कोरियाली नेतालाई कहिल्यै ‘मोटे’ र ‘पुड्के’ नभनेको बताउँदै आफू त्यस्ता व्यक्तिको साथी बन्न निकै कठिन हुने बताउनुभएको छ । 

उत्तर कोरियालाई लिएर पछिल्लो समयमा ट्वीटमार्फत आएको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रियाले कोरियाली प्रायद्विपको समस्या झन् चर्कने आंकलन गरिएको छ । ट्रम्पको एसिया भ्रमणको निन्दा गर्दै उत्तर कोरियाले युद्ध भड्काउने कार्यको संज्ञा दिएपछि उत्तर कोरिया र अमेरिकाबीचको वार्ताको सम्भावना अझ न्यून बन्दै गएको छ ।

अझ महत्वपूर्ण कुरा त ट्रम्प र उत्तर कोरियाली नेताबीच वाकयुद्ध चलिरहँदा तीन वटा अमेरिकी युद्धक विमान पश्चिमी प्रशान्त महासागरमा युद्ध अभ्यास गरिरहेको थियो । अमेरिकाले लगातार पश्चिमी प्रशान्त महासागरमा युद्धाभ्यास गर्दै उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया