MENU

खेल

ujyaalo forign call inside

स्वारेजको स्थानमा अरु खेलाडी चाहँदैनन् मेस्सी - रोनाल्डो

कात्तिक २७ – स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लुइस स्वारेजको स्थानमा बार्सिलोनाले नयाँ खेलाडी चाहेको तर लियोनल मेस्सीले त्यसलाई रोकिराखेको बताएका छन् ।  

बार्सिलोना र रियल मड्रिड दुबै टिमले जनवरीमा नयाँ खेलाडी अनुबन्ध गर्ने प्रयास गरिरहेका बेला रोनाल्डोले यस्तो बताएका हुन् । स्वारेज यो सिजन राम्रो खेल्न सकेका छैनन् । यो सिजन उनले अहिलेसम्म तीन गोल मात्र गरेका छन् । यस्तोमा बार्सिलोनाले एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यान ल्याउन चाहेको तर मेस्सीले स्वारेजको विकल्प स्वीकार नगरेको रोनाल्डोको दाबी स्पेनिस वेबसाइट डियारिओ गोलले उल्लेख गरेको छ । मेस्सीले स्वारेजको भविष्यको चिन्ता गर्दै उनको स्थानमा नयाँ खेलाडी नचाहेको पनि खबरमा उल्लेख छ ।  

बार्सिलोनाले स्वारेजको खराब प्रदर्शनका लागि मात्र नयाँ खेलाडी खोजेको नभई भविष्यसम्मका लागि कोही युवा खेलाडी चाहेको छ । स्वारेजले आफूले राम्रो खेलिरहे पनि गोल हुन नसकेको देख्दा अचम्म लागेको बताएका छन् । ‘कोही बल किन जालिसम्म जान चाहँदैन । यसमा म आत्तिएको छैन । आत्तिएको भए हरेक पल्ट डियारिया बाहिरबाटै गोलका प्रयासहरु गर्थे होला तर म सम्हालिएर खेलिरहेको छु’ उनले भने ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया