MENU

खेल

Ncell Axiata

३२ वर्षपछिको विश्वकप सपनामा बाधक बन्यो स्वीटजरल्याण्ड, घातक भयो विवादास्पद पेनाल्टी

कात्तिक २७ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने उत्तरी आयरल्याण्डको सपना स्वीटजरल्याण्डले पूरा हुन दिएन । प्ले अफ अन्तर्गत दोस्रो लेगमा गोलरहित बराबरीमा सकिएपछि उत्तरी आयरल्याण्ड निराश बन्यो । 

गएको बिहीबार भएको पहिलो लेगमा एक विवादास्पद पेनाल्टीले स्वीटजरल्याण्ड विजयी भएको थियो । ३२ वर्षपछि विश्वकपको नजिक पुगेका बेला एक विवादास्पद पेनाल्टीले आयरल्याण्डको सपना तुहियो ।  

पहिलो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा ५८ औँ मिनेटमा पाएको पेनाल्टी नै स्वीटजरल्याण्डलाई विश्वकपमा लागि प्रयाप्त भयो । डियरिया भित्र ह्याण्ड बल भएपछि स्वीटजरल्याण्डले पेनाल्टी पाएको थियो । तर भिडियोमा हेर्दा प्रष्ट रुपमा बल पाखुरामा लागेको देखिन्छ ।

खेलपछि प्रतिक्रिया दिँदै आयरल्याण्डका खेलाडी र प्रशिक्षकले रेफ्रिबाट निकै ठूलो भुल भएको भन्दै आलोचना गरेका थिए । पहिलो लेगमा भएको कमी कमजोरी सुधारेर दोस्रो लेगमा राम्रो खेल्ने र विश्वकपमा जाने आयरल्याण्डका कप्तान स्टेभेन डेभिन्सले बताएका थिए । तर खेलमा लगातार प्रहार गरे पनि आयरल्याण्ड गोलबाट चुक्यो । सन् १९८६ पछि उत्तरी आयरल्याण्डले विश्वकप खेल्न सकेको छैन । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया