MENU

समाज

Ncell Axiata
sagun

एक उम्मेदवारले हेलिकप्टर मगाएर उच्च रक्तश्राव भएकी सुत्केरीको ज्यान बचाए

बालकुमार शर्मा (जाजरकोट)/प्रकाश पन्त (सुर्खेत) । उज्यालो ।

कात्तिक २७ – जाजरकोटमा प्रतिनिधिसभाका उम्मेदवार राजिव विक्रम शाहले एक सुत्केरी महिलाको ज्यान बचाएका छन् । उच्च रक्तश्रावबाट पीडित कुशेगाउँपालिका-८ रिजापहाडाकी ३० वर्षकी चन्द्रादेवी रोका मगरलाई शाहले हेलिकप्टर मगाएर उद्धार गरी नेपालगञ्ज पठाएका हुन् ।  

१८ घण्टासम्म लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका लागि हेलिकप्टरद्वारा नेपालगंज पुर्‍याइएको हो । मगर ९ दिनअघि दुर्गम गाउँ रिजापहाडा स्थित घरमै असुरक्षित रुपमा सुत्केरी भएकी थिइन् । प्रतिनिधिसभाका उम्मेदवार शाहले ५ लाख रुपैयाँ निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भएको छ ।

चुनावी अभियानको क्रममा रिजापहाडादेखि २५ कोश टाढाको जुनीचाँदे गाउँपालिकामा रहेका शाहलाई फोनमार्फत सुत्केरीको उच्च रक्तश्रावबाट ज्यान जान लागेको भनेर खबर गरेपछि शाहले हेलिकप्टरको ब्यबस्था गरेको अध्यक्ष बस्नेतले बताउनु भयो । समाजसेवी शाहले तत्काल हेलिकप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने खतरा रहेको बस्नेतको भनाई छ ।

उच्च रक्तश्रावका कारण उनको शरीरमा रगत अभाव भएको र ३/४ घण्टाभित्र थप रगत उपलब्ध नगराए ज्यान जाने खतरा रहेको स्थानीय स्वास्थ्यकर्मीले बताएपछि महङ्गो खर्च ब्यहोरेर हेलिकप्टरको प्रयोग गर्न बाध्य भएको बस्नेतले बताउनु भयो । सुत्केरीलाई डोकोमा बोकाएर सडक पहुँचसम्म पुर्‍याउनै १० घण्टा लाग्थ्यो । त्यसपछि गाडीद्वारा नेपालगंज पुर्‍याउन थप ७/८ घण्टा लाग्ने र सुत्केरीको बाटोमै ज्यान जाने देखेपछि शाहलाई तत्काल हेलिकप्टरको ब्यबस्था गर्न आग्रह गरीएको थियो । शाहले पोखराबाट ३ घण्टाभित्र हेलिकप्टर बोलाउँदा अचेत अवस्थामा रहेकी सुत्केरीको उद्धार भएको हो । ४ सन्तानकी अामा मगरले पाचौं सन्तानको असुरक्षित जन्म दिँदा उच्च रक्तश्राव भएको हो । 

सुत्केरीपछि उच्च रक्तश्राव हुन्छ भन्ने नै थाह नभएको पति अमरले बताउनुभएको छ । सुत्केरीको सामान्य रक्तश्राव होला भनेर ९ दिनसम्म वास्ता नगर्दा अप्ठेरोमा परेको उहाँले बताउनुभयो । ‘शाहले आफ्ने खर्चमा हेलिकप्टरको ब्यबस्था नगरेको भए म गरिबले महङ्गो खर्च ब्यहोरेर पत्नीलाई बचाउन सक्ने सम्भावना नै थिएन’ उहाँले भन्नुभयो, ‘मेरो श्रीमतीका लागि शाह भगवान नै भए । शाहको यो गुण कसरी तिर्ने ?’ अमरले भन्नुभयो ।

राजिव विक्रमले हेलिकप्टरबाट उद्धार गरेकी चन्द्राको अहिले स्वास्थमा सुधार आएको पारिवारक स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया