MENU

समाज

Ncell Axiata
sagun

नेकपाको बन्दले रोल्पाको जनजीवन प्रभावित

माधवकुमार ओली/उज्यालो । 

रोल्पा, कात्तिक २७ - पक्राउ परेका आफ्ना जिल्ला नेताहरुको विनासर्त रिहाईको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको रोल्पा बन्दले जनजीवन प्रभावित बनेको छ ।  

पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ र इन्चार्ज दलबहादुर खत्री ‘जागृति’को विनासर्त रिहाइको माग राखेर गरेको बन्दका कारण बिहानैदेखि बजार, शिक्षण संस्था, यातायात, कलकारदाना ठप्प छन् । गाडी सञ्चालन हुन नसक्दा जिल्लाबाट बाहिरीने तथा भित्रिने नागरिकहरु अलपत्र बनेका छन् । विद्यार्थीहरुको पठनपाठनमा असर परेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया