MENU

समाज

Ncell Axiata
sagun

सडक सुरक्षासम्बन्धी नेपालको प्रतिबद्धता पूरा नहुने, दैनिक ६ जनाको मृत्यु !

काठमाडौं, कात्तिक २७ – नेपालले सन् २०२० सम्ममा गाडी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या आधाले घटाउन गरेको प्रतिवद्धता पूरा नहुने देखिएको छ । 

सन् २०१५ मा ब्राजिलको ब्रासिलियामा भएको विश्व स्वास्थ्य संगठनको विश्व सम्मेलनमा नेपालले सन् २०२० सम्ममा गाडी दुर्घटनाबाट हुने मृत्युको संख्या आधा घटाउन गरेको प्रतिवद्धता पूरा नहुने देखिएको हो । 

संगठनमा अनुसार संसारभर दैनिक एक सय भन्दा धेरैको सडक दुर्घटनामा परि ज्यान जाने गरेको छ । त्यसमध्ये नेपालमा दैनिक ५ जनाले ज्यान गुमाउने गरेकामा अहिले बढेको छ । नेपालमा अहिले दैनिक ६ जनाको ज्यान जानुका साथै ३४ जना घाइते हुने गरेका यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी दुर्घटना चालक, सडक र गाडीको कारण हुने गरेको छ । गएको आर्थिक वर्ष २०७२/०७३ मा १७ सय ४४ जनाले ज्यान गुमाएकामा आर्थिक वर्ष २०७३/०७४ मा २१ सय ४४ जनाले ज्यान गुमाएका विभागको तथ्याङक छ । यो यसअघिको भन्दा ४ सयले बढेको हो । 

दुर्घटना कम गर्नको लागि सरकारले रणनीतिक कार्ययोजना बनाए पनि दुर्घटना कम हुनुको सट्टा बढ्दै गएको छ । सरकारले लामो दुरीमा चल्ने गाडीमा दुई जना चालक हुनुपर्ने र एक जनाले २ सय ५० किलोमिटर भन्दा धेरै गुडाउन नमिल्ने नियम बनाएको छ । तर व्यवसायीले चालकको अभाव देखाउँदै एक जना मात्र चालक गाडीमा राख्ने गरेका छन् । एक जना चालकले लामो दुरीमा गाडी चलाउँदा थकाई र निन्द्राका कारण धेरै दुर्घटना हुने गरेका विभिन्न अध्ययनले देखाएको छ ।  

दुर्घटना कम गर्नको लागि चालकलाई जिम्मेवार, पूर्वाधार विकास, गाडी जाँचपासमा कडाई गर्ने र अनुगमन गर्ने काम भैरहेको विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले दाबी गर्नुभयो । दुर्घटना घट्नुको सट्टा बढ्दै गएको अवस्थामा अबको तीन वर्षमा दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या आधाले घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा नहुने देखिएको हो । अहिले देशभरी २७ लाख ७३ हजार ४ सय २७ वटा गाडी संचालनमा रहेको विभागले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया