MENU

अर्थ

Ncell Axiata
sagun

सोमबारका लागि विदेशी मुद्राको सटही दर

काठमाडौं, कात्तिक २७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ८० पैसा र विक्रिदर २४ रुपैयाँ ९५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २७ पैसा र विक्रिदर ९ रुपैयाँ ३३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४३ रुपैयाँ ३४ पैसा छ भने विक्रिदर ३ सय ४५ रुपैयाँ ३२ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ५८ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ १७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया