MENU

साहित्य/ कला

Ncell Axiata
sagun

दाहाल यज्ञनिधिलाई गङ्गेश्वरी जागरण पुरस्कारबाट सम्मानित गरिँदै

काठमाडौं, कात्तिक २७ – गङ्गेश्वरी जागरण पुरस्कार तथा सम्मानबाट वरिष्ठ साहित्यकार एवं सञ्चारकर्मी दाहाल यज्ञनिधिलाई सम्मान गरिने भएको छ । 

गङ्गेश्वरी प्रतिष्ठानले सामाजिक रुपमान्तरणका लागि सांस्कृतिक जागरणका क्षेत्रमा कार्यरत व्यक्तित्वलाई प्रदान गर्ने पुरस्कारबाट दाहाललाई सम्मान गर्न लागेको हो । समाजमा विद्यमान अन्धविश्वासविरुद्धको अभियानमा लागेकालाई यो वर्षदेखि पुरस्कार दिन लागिएको प्रतिष्ठानले जनाएको छ । पुरस्कार राशी १० हजार रुपैयाँ र कदरपत्र रहनेछ । कार्यक्रम काठमाडौंको मिडिया इन्टरनेशनल अनामनगरमा सोमबार दिउँसो पौने ३ बजे हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​वरिष्ठ साहित्यकार कविताराम श्रेष्ठको निधन

    काठमाडौं, मंसिर ३ – वरिष्ठ साहित्यकार डाक्टर कविताराम श्रेष्ठको निधन भएको छ ।

  • सहयात्रा (कथा)

    अचेलका केटाकेटीहरु कलेजको पर्खाल छिरेदेखि नै मायाप्रेमलाई विभिन्न कोणबाट अर्थ्याउन थाल्छन्, हावामा महल बनाउँछन् । जीवनमा आइलाग्ने अफ्ठेरोको पूर्वानुमान गर्नै सक्दैनन् । अचानक एकदिन नियतीले यथार्थबोध गराउछ र कल्पना बाहिरको परिवेश देखापर्छ अनि रन्थनिन्छन् ।

  • लालबाबु पण्डितको ‘सिहंदरबार बदल्ने संघर्ष’

    काठमाडौं, कात्तिक २८ – पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिनेछ ।

  • कविता-तँ लाटो नै रहे बेस

    हिजो तँ लाटो हुँदा सारा जग खुशी थिए कोही तँलाई विचरा भन्थे कोही मुख बटार्दै हिँड्थे तँलाई चिन्नेहरु

  • राष्ट्रिय एकल बाल नाटक महोत्सव सुरु

    काठमाडौं, कात्तिक २० – राष्ट्रिय एकल बाल नाटक महोत्सव काठमाडौंमा आजदेखि सुरु भएको छ । काठमाडौं प्रज्ञाकुञ्ज स्कूलको आयोजना तथा शिल्पी थिएटरको सहआयोजनामा शिल्पी थिएटर बत्तिसपुतलीमा महोत्सव सुरु भएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया