MENU

खेल

ujyaalo forign call inside

राहुल द्रविडले दिए नेपाली टिमलाई बधाई, भन्छन् - नेपालले सबैभन्दा राम्रो खेल्यो

काठमाडौं, कात्तिक २७ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले हराएपछि धेरैले बधाई दिए । भारतीय टिमका प्रशिक्षक राहुल द्रविडले पनि टिम नेपाललाई बधाई दिए ।  

उनले प्रतियोगितामै नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताए । इएसपिएन क्रिकइन्फोसँगको कुराकानीमा नेपाली टिमका प्रशिक्षक बिनोद दासले खेलपछि प्रशंसा गर्दै आफूहरुलाई द्रविडले बधाई दिएको बताएका छन् । ‘द्रविड निकै विनम्र रुपमा प्रस्तुत भए । हामीलाई बधाई दिए । उनले हामी जितको हकदार भएकोसमेत बताए । उनले प्रतियोगितामै अरुले भन्दा नेपालले राम्रो खेलेको पनि बताए’ दासलाई उद्धृत गर्दै इएसपिएनले लेखेको छ ।  

‘हामी यसका लागि निकै उत्साहित थियौँ । किनकी हामीले भारतलाई कुनै पनि उमेरसमूहका खेलमा हराउन सकेका थिएनौँ । भारतजस्तो टिमलाई हराउन सक्नु हाम्रा लागि निकै ठूलो उपलब्धि हो’ दासले भनेका छन् । यसअघिका पाँच खेलमा नेपाल भारतसँग पराजित भएको थियो । यसअघि नेपाल र भारतबीच दुई खेल १९ वर्षमुनिको विश्व कप र तीन खेल १९ वर्षमुनिको एसिया कपमा भएको थियो ।  

आइतबार १ सय ८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १ सय ६६ रन बनाउँदा अल आउट भएको हो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट जाँदा १ सय ८५ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १ सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाएका थिए । यस्तै उनले चार विकेट पनि लिएका थिए । 

 

तस्बिर : इएसपिएन क्रिकइन्फो

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया