MENU

राजनीति

Ncell Axiata
sagun

चिनियाँ कम्पनीलाई बुढीगण्डकी आयोजनाको जिम्मा दिने निर्णय खारेज

काठमाडौं, कात्तिक २७ – सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै संसदीय समितिको निर्देशन बमोजिम चीनसँगको सम्झौता खारेज गरिएको जानकारी दिनुभएको छ ।  

पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि काम चलाउ बनेको सरकारका तत्कालीन उर्जा मन्त्री जनार्दन शर्माले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गर्नुभएको थियो । कालो सूचिमा परेको गेजुवालाई रातारात अनियमित तरिकाले बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिइएको भन्दै त्यसको विरोध हुँदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया