MENU

समाज

Ncell Axiata
sagun

खेल्दा झुक्किएर विषादी खाएका एक बालकको मृत्यु, एकको उपचार हुँदै

महोत्तरी, कात्तिक २७ – आइतबार बेलुका खेल्ने क्रममा सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादीलाई खानेकुरा सम्झेर खाएपछि एकजना बालकको उपचारको क्रममा ज्यान गएका छ ।

गौशाला नगरपालिका-८ बेलगाछीका रामविलाश ठाकुरका ५ वर्षका छोरा उद्धव ठाकुरको उपचारको क्रममा आइतबार राति अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार दुई छोरामध्ये उद्धवको ज्यान गएको छ भने कान्छा छोरा ३ वर्षका उदयको आईसियुमा राखेर उपचार भइरहेको छ ।

खबर पाउनासाथ प्रहरीको टोलीले घटनास्थलमा पुगेर छानविन गर्दा त्यहाँ (घटनास्थलमा) थुप्रै प्लास्टिकको खाली प्याकेटहरु फेला परेको थियो । प्लाष्टिकमध्ये एउटा थाईमेट नामक तरकारीमा छर्कने विषादीको खाली प्याकेटसमेत फेला पारेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । बच्चाहरुले सोही विषादीको प्याकेटभित्र रहेको थाईमेट सेवन गरेको हुनुपर्ने भट्टको अनुमान छ ।

यता स्थानीय बासिन्दा मनु साहका अनुसार बच्चाहरु अचानक छटपटिन थालेको र बारम्बार उल्टी गरेपछि शंका लागेर प्राथामिक स्वास्थ्य केन्द्रमा लैजाँदा त्यहाँ चिकित्सक समयमा नआइदिँदा समस्या बढेको हो । ‘गम्भीर बिरामी परेका बच्चालाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गर्यौं तर त्यहाँबाट अस्पतालले विराटनगर रेफर गरेको थियो’ उहाँले भन्नुभयो । एकै घरका दुई बच्चाको यस्तो अवस्था भएपछि गाउँ नै शोकमय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया