MENU

राजनीति

Ncell Axiata
sagun

माधव नेपालका प्रतिस्पर्धी कुईंकेलले महादेव मन्दिरमा घण्टी बजाएर घरदैलो सुरु गरे

काठमाडौं, कात्तिक २७ – काठमाडौं क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार दीपकप्रसाद कुईंकेलले कोटेश्वरमा रहेको महादेव मन्दिरमा पूजा गरेर घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ ।  

सोमबार बिहान काठमाडौ–२ मै पर्ने काठमाडौं महानगरपालिकाको ३२ नम्बर वडामा रहेको महादेव मन्दिरमा सामूहिक दर्शन गरेर नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले चुनावी अभियान थालनी गरेका हुन् । त्यस क्षेत्रमा वामपन्थी गठबन्धनबाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल चुनावी प्रतिस्पर्धामा हुनुहन्छ । सामूहिक पुजापछि मन्दिर प्रांगणमा कोणसभा गर्दै कुईकेलले चुनावी अभियानलाई सफल बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।   

उहाँले तीन वर्षअघि उपचुनावमा विजय हुँदा आफूले व्यक्त गरेका प्रतिबद्धता अधिकांश पूरा गरेको र बाँकी रहेका काम पूरा गर्न फेरि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । कात्तिक १६ गते नै मनोनय भए पनि अहिलेसम्म आन्तरिक तयारी र छलफलमा जुटेपछि काठमाडौं–२ ले सोमबारबाट घरदैलो अभियान थालेको हो । अभियानको  थालनी गर्न कांग्रेसका पूर्वप्रमुख प्रमुख सचेतक लक्ष्मण घिमिरे, काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँ पनि महादेव मन्दिर पुग्नुभएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै घिमिरेले वामवन्थी दलको गठबन्धन ‘स्वार्थको गठबन्धन’ भएकाले नटिक्ने दाबी गर्नुभयो । चुनावी त्यस क्षेत्रको चुनावी प्रचारप्रसारको संयोजक तोकिनुभएका क्षेत्रीय सभापति उपेन्द्र कार्कीले कांग्रेसका उम्मेदवारलाई जिताउन सक्रियता पूर्वक लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कांग्रेसले काठमाडौं – २ ‘क’ लोकेश ढकाल र ‘ख’ मा मनहरि खड्कालाई प्रदेशसभाका लागि उम्मेदवार बनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया