MENU

राजनीति

Ncell Axiata
sagun

विप्लव नेतृत्वको नेकपाले चार जनाको जग्गा कब्जा गर्‍यो

खोटाङ, कात्तिक २७ – नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले खोटाङमा चार जनाको जग्गा कब्जाको घोषणा गरेको छ । प्रदेशसभा (क) का कांग्रेस उम्मेदवार सुवास पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, राप्रपा नेता चन्द्रसिं बस्नेत र उनका छोरा गिरीराज बस्नेतको घरजग्गा कब्जा गरेको घोषणा गरेको हो । 

नेपाल कम्युनिष्ट पार्टीले घर छेउमा झण्डा गाडेर घर र जग्गा कब्जा गरेको जनाएको छ । दलाल संसदीय व्यवस्थाको मतियार बनेकाले नागरिकले उपभोग गर्नेगरी घरजग्गा कब्जा गरिएको नेपाल कम्युनिष्ट पार्टीले छाडेको विज्ञप्तीमा उल्लेख छ । 

आसन्न चुनावलाई प्रभावित पार्नका लागि घरजग्गा कब्जा गरेको अनुमान गरिएको छ । चुनावी कार्यक्रममा हिँडिरहेकाले जग्गा कब्जाका विषयमा जानकारी नभएको कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार पोखरेलले बताउनुभयो । प्रदेशसभाका उम्मेदवार, मेयरलगायतको घर जग्गा कब्जा गर्नेको खोजी भइरहेको प्रशासनले जनाएको छ । खोजीका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया