MENU

राजनीति

Ncell Axiata
sagun

नेपालमा कांग्रेस र कम्युनिष्टबाहेक अरु दल आवश्यक छैन : नेता रायमाझी

गुल्मी कात्तिक २७ – नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव एवं अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा उम्मेदवार टोप बहादुर रायमाझीले अहिले देशमा भएका सबै वामपन्थी पार्टीबीच एकता गर्न नसके कम्युनिष्टको अर्थ नरहने बताउनुभएको छ । 

चुनावी प्रचारको शिलशिलामा गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफ्नो पार्टी माओवादी केन्द्रको आन्दोलनको मुख्य उद्देश्य नै देशमा भएका सबै कम्युनिष्ट पार्टी एक भई राष्ट्र बनाउनु रहेकोले पार्टी एकताको विकल्प नभएको बताउनुभयो । 

नेपालमा कांग्रेस र कम्युनिष्ट बाहेक अन्य दलको आवश्यकता नपर्ने भएकोले पार्टी एकता गर्न नसके कम्युनिष्टहरुको अर्थसमेत नहने स्पष्ट पार्नुभयो । ‘देशमा हामी फुटेका कम्युनिष्टहरुबाट कांग्रेसले फाइदा लिएको छ’ उहाँले भन्नुभयो, ‘तर उसले पनि देशलाई गति दिन नसकेको कुरा छर्लङ्ग भयो । त्यसैले वाम एकतामार्फत हामी देशलाई निकास दिन्छौ ।’ नेता रायमाझीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले चुनावमा गलत प्रचार गरेको आरोप लगाउनुभएको छ । 

गुल्मी जिल्लाभित्रका विभिन्न महत्वपूर्ण विकासका कामहरु कम्युनिष्ट नेताहरुबाट भएको तर भण्डारीले आफूले गरेको भन्दै गलत प्रचार गरेकोसमेत उहाँको आरोप लगाउनुभयो । रायमाझीले गुल्मीमा भएका अधिकांश विकास निर्माणका कामहरु यहाँका कम्युनिष्ट नेताहरुको पहलमा भएको दाबी गर्नुभयो । ‘प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, सुदर्शन बराल जस्ता नेताहरुले म उपप्रधानमन्त्री भएको बेला धेरै योजना मागेर अहिले काम सम्पन्न हुन लागेको छ ।’ उहाँले भन्नुभयो, ‘चन्द्र भण्डारीले आफूले गरेको भन्नु त काम गर्ने हनुमान, पगरी गुथ्ने ढेडु जस्तै भयो ।’

उहाँले देशलाई समृद्ध बनाउने योजना आफूहरुले सोचिसकेकोले अब देशमा वामपन्थीहरुको विकल्प नरहेको समेत प्रष्ट पार्नुभयो । त्यसका साथै गुल्मीमा विगतमा परेका योजनाहरुमा केही राजनीतिक दलले भ्रम गर्दै भोट तान्ने प्रयास गरेको समेत बताउनुभयो । ‘मैले त्यत्तिबेला रडी, रानीदरबार, पूर्तिघाट लगायतका कालिगण्डकी नदीका १२ स्थानमा पक्कि पुल पारेको हुँ’ उहाँले भन्नुभयो ‘प्रदिप, गोकर्ण र सुदर्शनसँग सल्लाह गरेर ति योजनाहरु सिफारिस गरेको थिएँ । तर यहाँका कांग्रेसहरुले आफूले गरेको भनेर जनतामाझ भ्रम फैलाउनुभएको छ, जुन राम्रो होइन ।’

फास्ट ट्याक्को गलत प्रचार गरियो   

बुटवल सालझण्डी, पटौटी गुल्मी फास्ट ट्याक्क ‘म उपप्रधानमन्त्री भएको बेला चन्द्र भण्डारीले दाइ तिम्ले मात्रै राजनीति गर्ने मलाई पनि यतिकन हाल्देउ न भनेको थिए ।’ नेता रायमाझिले भन्नुभयो ‘त्यसपछि मैले प्रदिपलाई सोधेर बाटोको योजना पारेको हुँ ।’ त्यसरी पारिएको यस बाटोबारे नेपाली कांग्रेसका केन्द्रिय सदस्य जस्तो मान्छेले चुनावी नाराको रुपमा यसलाई प्रयोग गरेकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।

‘बाटोको शिलान्याश हुने बेला चन्द्रजी र म सँगै थियौँ । त्यत्तिबेला उहाँकै मुखबाट यो बाटो टोपबहादुर रायमाझीको पहलमा आएको हो भन्नुभएको थियो । अनि मसँग मात्र चाहीँ उहाँले ‘दाइ अर्घाखाँचीमा यो बाटो मैले तपाइँको पहलमा आएको र गुल्मीमा गएर मैले पारेको हुँ भन्छु, विरोध नगर्नु है’ भन्नुभएको थियो । त्यसैले म तत्कालिन समयमा धेरै बोलिन ।’ 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया