MENU

समाज

Ncell Axiata
sagun

मृतकका परिवारलाई विदेशबाट सहयोग

मोरङ, कात्ति २७ – एक महिनाअघि कतारमा बिल्डिङबाट झरेर मृत्यु भएका उर्लाबारी ९ दुर्गापुरीका २१ वर्षीय दीपक लिम्बू मादेनको परिवारलाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । 

कर्मशील युवा मोरङ युवा बचत समूह कतारले मादेनको परिवारलाई लिम्बूको घरमा एक कार्यक्रमबीच एक लाख ३९ हजार ५५७ सहयोग गरेको हो । कतारबाट पठाइएको रकम उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर शर्मा, समाजसेवी तेजन खड्का लगायतका छरछिमेकले संयुक्त रुपमा दीपकको आमा चन्द्रकला र बुबा कैलाशलाई हस्तान्तरण गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया