MENU

राजनीति

Ncell Axiata
sagun

यस्तो छ सिरहा–३ मा चुनावी प्रस्तिस्पर्धा

शुभ नारायण यादव /उज्यालो । 

सप्तरी, कात्तिक २७ – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति नजिकिँदै गएपछि सिरहा जिल्लामा चुनावी चहलपहल बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्यका लागि गोलबजार नगरपालिकाको १२, सिरहा नगरपालिकाको २२, नरहा, विष्णुपुर, अर्नमा गाउँपालिकाकाको ७ वडासहित ४१ वडा समेटेर कायम गरिएको क्षेत्र नं. ३ मा चार स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदानमा छन् ।
 
प्रतिनिधिसभा सदस्यको चुनावी दौडमा १३ जना उम्मेदवार भए पनि वाम गठबन्धनका श्रेष्ठ, नेपाली कांग्रेसका अमर रेग्मी र संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवबिच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 
 
वाम गठबन्धनबाट एमालेका उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो स्थानीय तहमा पाएको मतसँगै जिल्लाको पार्टी नेतृत्व, तत्कालीन जिल्ला विकास समितिको उपसभापति र पार्टीको केन्द्रीय सदस्यको हैसियतले सिराहा–३ का नागरिकका लागि गरेको काम नै आफ्नो जितको मुख्य आधार भएको उहाँ बताउनुहुन्छ । स्थानीय तहमा पाएको मतको आधारमा पनि वाम गठबन्धनका श्रेष्ठ अगाडि रहेको र कांग्रेस र राजपा एक्ला एक्लै चुनावमा भिडेकाले पनि श्रेष्ठको जित सहज हुने अनुमान गरिएको छ ।
 
लोकतान्त्रिक आन्दोलनका उपलब्धीहरुको संस्थागत, विकास र सुदृढीकरणका लागि जिल्ला पार्टीमा रहेर आफूले निर्वाह गरेको भूमिकाको कारणले यो पटक मतदाताले आफूलाई जिताउने दाबी गर्नुहुन्छ कांग्रेसका उम्मेदवार रेग्मी । २०१५ सालको आम चुनावमा कांग्रेसबाट सांसदमा चुनिएका बाबु माधवप्रसाद रेग्मीले उहाँ डाक्टरी पढाउन चाहे तर विपीको आदर्श र व्यक्तित्वबाट प्रभावित रेग्मी राजनीतिबाट नै समाजको उपचार गर्न सकिन्छ भन्ने लागेर २०३६ सालमा विपीकै हातबाट कांग्रेसको सदस्यता लिएको बताउनुहुन्छ । 
 
२०१७ सालमा तत्कालीन राजा महेन्द्रको ‘रानीतिक कू’ पछि बाबुसँगै भारत निर्वासनमा गएका उहाँ नौ वर्षपछि मात्र स्वदेश फर्किनुभयो । सिरहाको नरहा गाउँपालिका २ घर भएका ६४ वर्षीय रेग्मी बहुदलीय व्यवस्था पुनर्स्थापना पछि २०५३ देखि २०६३ सम्म पार्टीको उपसचिव, सचिव, उपसभापति हुँदै कार्यवाहक जिल्ला सभापतिसम्मको भूमिकामा हुनुहुन्थ्यो । २०६४ को आम चुनावमा तत्कालीन सिरहा ६ नं. क्षेत्रबाट कांग्रेस उम्मेदवार बनेका रेग्मी पराजित हुनुभयो । त्यसपछि पार्टीको महासमिति सदस्य रहेका रेग्मी लोकतन्त्रप्रतिको निष्ठा र लोकतान्त्रिक आन्दोलनमा आफूले खेलेको भूमिकाको कारणले नागरिकले जिताउने विश्वास व्यक्त गर्छन् ।
 
लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर दुई वर्षअघि फोरम प्रवेश गरेर केन्द्रीय सदस्यको रुपमा रहेका समाजवादी फोरमका उम्मेदवार अशेश्वर यादव ३ नं. क्षेत्रमा संगठनात्मक आधार र मधेसका लागि पार्टीले खेलेको भूमिकाकै कारणले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताउनुहुन्छ । 
 
स्थानीय चुनावको मतमा वाम गठबन्धन अगाडि प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ मा रहेको गोलबजार, सिरहा नगरपालिकासहित नरहा, विष्णुपुर, अर्नमा गाउँपालिकाका ४१ वडामा माओवादी केन्द्र १२, कांग्रेस ११, एमाले र फोरमले ९–९ वडा जितेका छन् ।
 
क्षेत्र नं. ३ अन्तर्गत पर्ने ४१ वटै वडामा पछिल्लो स्थानीय तहको चुनावमा एमाले १६ हजार तीन सय ४५, फोरम १४ हजार एक सय २८, कांग्रेस १२ हजार आठ सय ९४, माओवादी केन्द्र १० हजार सात सय ७० र राजपाले एक हजार सात सय ७८ मत ल्याएको थियो । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया