MENU

समाज

Ncell Axiata
sagun

वित्तीय साक्षरता कक्षाको प्रभावले खुत्रुके बचत

बिनिता राई/खोटाङ । 

कात्तिक २७ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा वित्तीय साक्षरता कक्षा सहभागीले खुत्रुके बचत सुरु गरेका छन् । 

१५ ठाउँमा सञ्चालित वित्तीय साक्षरता कक्षाका २० जना सहभागीले खुत्रुके बचत सुरु गरेका हुन् । खद्रा तथा चानचुने पैसा बचत गर्न र बालबालिकालाई पनि बचत गर्न सिकाउन यस्तो सुरुवात गरिएको वित्तीय साक्षरता कक्षामा सहभागी पार्वती थापाले जानकारी दिनुभयो ।  

यसअघि आफूसँग भएको पैसा सहकारी तथा लघुवित्त लगायतका वित्तिय समूहमा बचत गर्दै आएका उनीहरुलाई थोरै थारै बचत गर्न सिकाइएको रुपाकोट मझुवागढी नगरपालिका १ का वित्तीय साक्षरता सहजकर्ता मिनप्रसाद आचार्यले जानकारी दिनुभयो । 

विदेश गएकाका परिवारलाई लक्षित गरी सुरक्षित आप्रवास परियोजना (सामी)मार्फत बालसेवा समाज नेपाल नेर्पा, खोटाङले वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सलाई सदुपयोग गर्न सिकाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया