MENU

राजनीति

Ncell Axiata
sagun

दमननाथलाई हाम्रो समर्थन छैन : बिजुक्छे

रमेश गिरी/उज्यालो । 

भक्तपुर, कात्तिक २७ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई नेमकिपाको कुनै समर्थन नरहेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेका नेमकिपाका उम्मेदवारको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेमकिपाले सशक्त रुपमा आफ्नै उम्मेदवार उठाएपछि आत्तिएर यस्तो हल्ला चलाएको बताउनुभयो । बिजुक्छेले त्यस्तो हल्लाको पछि नलाग्न मतदातालाई आग्रह गर्नुभयो । 

बिजुक्छेले गैरलोकतन्त्रवादीहरु मिलेर लोकतानित्रक गठबन्धन र गैरवामपन्थीहरु मिलेर वामपन्थी गठबन्धन बनाएको आरोप लगाउँदै उहाँले नेमकिपाले देश र नागरिकको अधिकारको सुरक्षित गर्न उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले नेमकिपाको नाम प्रयोग गरेर ठगहरु सक्रिय भएको आरोप लगाउँदै भक्तपुरमा नेमकिपाले कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई सहयोग गर्छ भनेर कांग्रेसले हल्ला चलाएर राजनीति ठगि गर्न खोजेको टिप्पणी गर्नुभयो । 

बिजुक्छेले भक्तपुरमा कांग्रेस उम्मेदवार दमननाथ ढुङ्गानालाई बिजुक्छे र नेमकिपाको समर्थन छ भनेर कांग्रेसले र अन्य जिल्लामा वाम गठबन्धनको नाममा एमालेलाई नेमकिपाले समर्थन गर्छ भनेर चलाएको हल्ला गलत भएको प्रष्ट पार्नुभयो । 

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवाद, साम्राज्यवाद, एकाधिकार पूँजीवाद विरुद्ध नेमकिपाको उम्मेदवार भएको बताउनुभयो । 

उहाँले भन्नुभयो “एमालेका महेश बस्नेत पैसाका बलमा उम्मेदवार बनेको र भारतले दमननाथलाई कांग्रेसबाट उम्मेदवार बनाएको हो, यस्तो अबस्थामा जनताले नेमकिपालाई रोज्नेछन् ।”

कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगरले सरकारले राज्यको ढुकुटीको दुरुपयोग गरेर चुनावको मुखमा गरिबको नाममा १८ करोड रुपैयाँ बाडेर आचार संहिता उल्लंघन गरेको बताउनुभयो । 

त्यसअवसरमा नेमकिपाका भक्तपुर क्षेत्र नं. १ प्रदेश नं. १ का उम्मेदवार निरज लवजू, २ का उम्मेदवार सुरेन्द्रराज गोसाई, क्षेत्र नं. २ प्रदेश सभा १ का उम्मेदवार सरोजराज गोसाई र २ का उम्मेदवार प्रेमजन थापाले ठूला दलले ठूला घोषणा पत्र बनाएर नागरिक झुक्याउँदै आएको बताउँदै त्यसको पछि नलाग्न आग्रह गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया