MENU

खेल

Ncell Axiata
sagun

फिलिपिन्ससँगको खेलका लागि नेपाली टिमको घोषणा, को को परे टिममा ?

काठमाडौं, कात्तिक २७ – एसिया कप फुटबलको छनौट अन्तर्गत मंगलबार फिलिपिन्ससँग हुने खेलको लागि अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । चोटका कारण देवेन्द्र तामाङ र आदित्य चौधरी टिममा अटाएका छैनन् । 

टोलीमा अनिल गुरुङ र जगजित श्रेष्ठले पुनरागमन गरेका छन् । ५० औं अन्तर्राष्ट्रिय खेल खेल्न लागेका अनिलले फिलिपिन्ससँगको खेलपछि सन्यास लिँदै छन् । टोलीको गोलकिपरमा किरण लिम्बु, विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन् । 

यस्तै डिफेन्डरमा विराज महर्जन रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन् । मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राइ, विक्रम लामा, अञ्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापा र सुनिल वल रहेका छन् । फरवार्डमा भने भरत खवास, बिमल घर्ती मगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की परेका छन् । 

कमजोरी सुधारेर राम्रो प्रदर्शन गर्ने लक्ष्य

फिलिपिन्ससँग हुने खेलमा पहिलेका कमजोरी सुधारेर राम्रो खेल दिने नेपालका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले बताएका छन् । फिलिपिन्स निकै बलियो टिम भए पनि नेपालले सक्दो मेहेनेत गरेर सके जित नसके बराबरी खेल्ने कप्तान अनिल गुरुङले बताए । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पत्रकार सम्मेलनमा फिलिपिन्सका प्रशिक्षक थोमल डोड्लेले नेपालसँग प्रसस्तै युवा खेलाडी रहेको र पछिल्लो समयमा खेल सुधार्दै लगेकोले नेपाललाइ कमजोर नठानेको बताए ।

चार खेलबाट फिलिफिन्सले ८ अंक बटुलेको छ भने नेपाल १ अंकसहित तालिकाको पुछारमा छ । फिलिपिन्सको घरेलु मैदानमा भएको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

  • २० मिनेटमा ५ गोल

    युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया