MENU

राजनीति

Ncell Axiata
sagun

भक्तपुरमा एमालेको घरदैलो अभियान सुरु

रमेश गिरी/उज्यालो । 

भक्तपुर, कात्तिक २७ – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि प्रचार स्वरुप नेकपा एमालेले भक्तपुरमा सोमबारदेखि घरदैलो अभियानमा सुरु गरेको छ । एमालेले निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’ सूर्यविनायक नगरपालिकाको सिरुटारबाट औपचारिक रुपमा अभियानको उद्घाटन गर्दै सुरु गरेको हो । 

अभियानको उद्घाटन गर्दै पूर्वउद्योग मन्त्री एवं एमालेका युवा नेता महेश बस्नेतले भक्तपुरको समग्र विकासमा एमालेले यसअघि नै अभियान छेडेको बताउँदै यसलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा तर्फ उम्मेदवार समेत रहनु भएका बस्नेतले भक्तपुरको टोल टोलमा पक्कि सडक पुर्याउने, धार्मिक पर्यटकीय गन्तव्यको रुपमा यस क्षेत्रलाई विकास गर्ने, घरघरमा खानेपानीको पहुँच पुर्याउने, टोलटोलमा सोलार बत्ति जडान गर्ने, भूकम्प प्रभावितका लागि कार्यक्रम संचालन गर्ने, यस क्षेत्रलाई सुबिधासम्पन्न स्याटालाईट सहरको रुपमा विकास गर्ने लक्ष्यका साथ चुनावी मैदानमा आएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश ‘क’ सूर्यविनायकका उम्मेदवार शशीजंग थापाले नागरिकको चाहना र विकासको योजनासहित चुनावी मैदानमा आएको बताउँदै मतदान गर्न आग्रह गर्नभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया