MENU

समाज

Ncell Axiata
sagun

बाँकेमा घुस लिँदालिँदै सशस्त्र प्रहरीका एक जवान पक्राउ

बाँके, कात्तिक २७ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले ७ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका जवान शम्भुप्रसाद आचार्यलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले नेपालगञ्जको खजुरारोडबाट सशस्त्र प्रहरी बलको नेपालगञ्ज कारकादौंमा रहेको औद्योगिक सुरक्षा गणमा कार्यरत आचार्यलाई सात हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेकोे अख्तियारको कार्यालयले जनाएको छ ।
घुमुवा प्रहरीले भन्सारबाट मालसामान छुटाईदिने भन्दै घुस लिएका थिए ।

घुसको रकम लिँदैगर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ । बाँकेमा केही दिनअघि विद्युतका कर्मचारीलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको थियो  । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया