MENU

समाज

Ncell Axiata
sagun

इटहरीमा साना हतियारको त्रास : तीनवटा पेस्तोल र एउटा एयर गन बरामद

सुनसरी, कात्तिक २७ – प्रदेशसभा र प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा इलाका प्रहरी कार्यालय इटहरीले स्थानीय मनोज चौधरीको घरबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ  । 

इटहरी–४ मा रहेको चौधरीको घर खोजतलास गर्दा चौधरीको कोठाबाट प्रहरीले ठूलो परिमाणमा भण्डारण गरी राखिएको हतियार बरामद गरेको हो । चौधरीको घरको कोठामा खोजतलास गर्दा तीनवटा एयर पेस्तोल, एउटा एयर गन, र त्यसमा राख्ने गोली, १६ वटा नक्कली पेस्तोलसहित विभिन्न प्रकारका धारिलो हतियार बरामद गरेको हो । 

केही दिनअघि  इटहरीमा मनोज चौधरीले सामान्य विवाद हुँदा गोली चलाएको आरोप लागेको थियो । गोलीकाण्डमा चौधरी संलग्न भएको पुुष्टि गर्दै चौधरीको घर तलासी गर्दा प्रहरीले हतियार बरामत गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी संजयकुमार राउतले जानकारी दिनुभएको छ । 

केही दिनअघि इटहरी ४ चौधरी टोलमा इटहरीकै ३० वर्षका सुजन नेपाल, मनोज चौधरी र  विसे चौधरीबिच विवाद हुँदा मनोज चौधरीले स्वचातिल पेस्तोलले नेपालमाथि गोली प्रहार गरेका थिए ।

घटनापछि मनोज चौधरीको घरमा तलासी गरेको र ठूलो परिणाममा हातहतियार फेला पारेको प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ । मनोज चौधरी लगायतका अन्य आरोपित अभियुक्तहरु फरार छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया