MENU

राजनीति

Ncell Axiata
NIC Asia

ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टीका ८ कार्यकर्ता पक्राउ

ताप्लेजुङ, कात्तिक २७ – आउँदो मंसिर १० गते हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावको सुरक्षालाई मध्यनजर गर्दै ताप्लेजुङमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८ जना कार्यकर्ता पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतको अनुसार पक्राउ पर्नेमा मेची अञ्चल ब्युरो सदस्य सकल लिम्बु, जिल्ला सचिवालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश कार्की ढोली रहेका छन् । 

यसैगरी जिल्ला जिल्ला सदस्य ध्रुब मादेन, जनपरिषद उपप्रमुख राकेश दाहाल, जनस्वयम सेवकका जिल्ला कोषाध्यक्ष पूर्ण थलङलाई पक्राउ गरेको डिएसपी बस्नेतले बताउनुभयो । अन्य पक्राउ पर्नेमा जिल्ला सदस्य प्रेमलाल चौहान रहेका छन् । नेकपाका जिल्ला ईन्चार्ज आशिसले भने आफ्ना ९ कार्यकता पक्राउ गरेको दाबी गर्नुभएको छ । उहाँले प्रहरीले पेम्बा शेर्पा र सुरेन्द्र कार्कीलाई समेत पक्राउ गरेको दाबी गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया