MENU

समाज

Ncell Axiata
sagun

दोलखा : ७९ हजारसहित ८ जना जुवाडे पक्राउ

दोलखा, कात्तिक २७ – दोलखा प्रहरीले जुवा खेलिरहेको अवस्थामा नगदसहित ८ जनालाई पक्राउ गरेको छ । शैलुङगाउँपालिका–७ चरङगेमा कौडा खेलिरहेको अवस्थामा ७९ हजार ३ सय ९५ रुपैयाँसहित ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वैत्यश्वर गाउँपालिका–६ का कल्याण तामाङ, राम सुवेदी, शिव सुवेदी, विष्णु भुजेल र दिनेश घिमिरे, भीमेश्वर नगरपालिका–५ का ताराप्रसाद शर्मा, भीमेश्वर नगरपालिका–३ का मेघबहादुर बुढाथोकी र शैलुङ गाउँपालिका–७ का कृष्णबहादुर तामाङ रहेका छन् ।

पक्राउ परेका सबैलाई जुवा मुद्दामा जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया