MENU

राजनीति

Ncell Axiata
sagun

रोल्पामा नेपाल कम्युनिष्ट पार्टीका अर्का नेता पनि पक्राउ

रोल्पा, कात्तिक २७ – पक्राउ परेका आफ्ना नेता रिहाईको माग गर्दै रोल्पा बन्द गरेकै दिन प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका अर्का एक जिल्ला सदस्यलाई पक्राउ गरेको छ ।

लुङ्ग्री गाउँपालिका–१ पाङका धनबहादुर खत्री ‘टाइगर’ लाई सुवर्णावती गाउँपालिका–५ रिजाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । खत्रीको साथबाट पार्टीको चन्दा संकलन रसिद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि नेकपाका रोल्पा इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र सचिव सन्तोष सुवेदी ‘प्रयास’ लाई पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया