MENU

समाज

Ncell Axiata
sagun

नेपालको विकासका बारेमा महत्वपूर्ण तथ्यांकहरुको भिडियो सार्वजनिक

काठमाडौं, कात्तिक २७ – केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा विकास उद्यमीले सोमबार नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गरेको छ ।

भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा साक्षरता र नीति निर्माणको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए । 

ललितपुरको पाटनढोकामा रहेको अशोक हलमा ‘नेपाल इन डाटा इभिनिङ’ नामक एक कार्यक्रम आयोजना गरी भिडियोहरू सार्वजनिक गरिएको हो । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमन राज अर्यालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले नेपालमा डाटा साक्षरताको महत्वको बारेमा बोल्दै प्रविधिको प्रयोग मार्फत साक्षरता फैलाउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा देखाइएका भिडियोहरूले नेपालको समकालीन मुद्धाहरू जस्तै गरिबी र असमानता, जनसांखिकीय लाभांश, सचेतकको रूपमा मिडिया, उर्जा, उत्पादन, महिला हिंसा, जलवायु परिवर्तनको असर जस्ता विषयहरू समेटेका छन् ।

भिडियोहरू विश्व चर्चित तथ्यांकशास्त्री तथा ग्यापमाइन्डर फाउन्डेसनका संस्थापक हान्स रोसलिङका भिडियोहरूबाट प्रभावित भएको विकास उद्यमीले जनाएको छ । कार्यक्रममा ग्यापमान्डर फाउन्डेसन स्वीडेनबाट आएका फरनान्डा ड्रुमोन्ड र मिस्टर ओलभले सत्यतामा आधारित दृष्टिकोण कसरी बनाउने भन्ने बारेमा लेक्चर दिएका थिए ।

लेक्चर सुरु हुनुभन्दा पहिला दर्शकहरूलाई नेपालको विकास र यसका विभिन्न पक्षहरूको बारेमा के कति जानकारी र ज्ञान छ भन्ने जाँच्न प्रश्नहरू पनि सोधिएको थियो । कार्यक्रममा सहभागी हुनेहरूलाई डिजिटल डिभाइसमार्फत प्रत्यक्ष सहभागी समेत गरिएको थियो । ति भिडियोहरूले नेपालको मुख्य विकास मुद्धाहरूमा मानिसहरूको इच्छा जगाउन तथा त्यसमा प्रश्न पार्ने पनि लक्ष लिएको छ ।

आफ्नो ‘नेपाल इन डाटा’ अभियान अन्तर्गत विकास उद्यमीले www.nepalindata.com नामको वेबसाइट सञ्चालन गरिरहेको छ जसले नेपालमा उपलब्ध भएका डाटाहरूको प्रयोग र पँहुच बढाउनको लागि पहल गरिरहेको छ । नियमित रूपमा इन्फोग्राफिक्स, समाचार र डाटासेटहरू प्रकाशित गर्दै डाटा साक्षरतामा सुधार गर्ने लक्ष यसले लिएको छ । 

उक्त भिडियोहरूको निर्माण ‘द एसिया फाउन्डेसन’ ले अन्य विकास अभियानहरू र ‘युके डिपार्टमेन्ट फर इन्टरनेसनल डिभलपमेन्ट’ मार्फत लागु गरिएको ‘नेपालको विकासको लागि डाटा’ कार्यक्रममार्फत बनाइएको हो । त्यसले समग्रमा नेपालमा डाटा र तथ्यांकको माध्यमबाट तथ्यमा आधारित नीति निर्माणमा भूमिका खेल्ने लक्ष्य लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया