MENU

खेल

Ncell Axiata

केन्याली धावकले जिते कञ्चनजंघा म्याराथनमा ‘एभरेष्ट पुरस्कार’

काठमाडौं, कात्तिक २७ – भारतको सिक्किममा आयोजित कञ्चनजंघा म्याराथनको ‘माउन्ट एभरेष्ट सद्भावना पुरस्कार’ केन्याली धावक फिलिप एइगोले जितेका छन् ।

हरेक वर्ष मे २९ तारिखका दिन आयोजना गरिँदै आएको माउन्ट एभरेष्ट म्याराथनको आयोजक तेन्जिंग हिलारी एभरेष्ट म्याराथनले गरेको हो । पुरस्कारको राशी सगरमाथाको उचाइलाई प्रतिबिम्बित गर्ने गरी ८ हजार ८४८ रुपैयाँ तोकिएको छ । 

‘यो पुरस्कारले विश्वकै अग्लो सगरमाथा र तेस्रो अग्लो कञ्चनजंघा हिमाललाई जोड्ने मात्र नभई नेपाल र सिक्किमका हिमाली दाजुभाइ तथा दिदिबहिनीबिच सद्भाव र मित्रताको नयाँ अध्याय सुरु गरेको छ, जुन सीमापार पर्यटन प्रबर्द्धनमा एउटा कोशेढुंगा साबित हुन जानेछ’ विश्वकै अग्लो उचाइमा आयोजना हुने माउन्ट एभरेष्ट म्याराथनका परिकल्पनाकार बिक्रम पाँडेकाजीले बताए ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया