MENU

राजनीति

Ncell Axiata
sagun

रौतहटमा ६ मन्त्री चुनावी प्रतिस्पर्धामा

रौतहट, कात्तिक २७ – रौतहटमा वर्तमान र पूर्व गरी ६ मन्त्री चुनावी प्रतिस्पर्धामा छन् । चुनावी मैदानमा एकजना वर्तमान मन्त्री, दुईजना पूर्व मन्त्री तथा तीनजना पूर्व राज्यमन्त्री गरी ६ मन्त्रीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदाता आकर्षित गर्न लागि परेका छन् । 

नेकपा माओवादी केन्द्रका नेता एवं बिना विभागीय मन्त्री प्रभु साह वाम गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नं. ३ बाट चुनावमा होमिनुभएको छ । लगातार दुईपटक चुनाव जितेका मन्त्री साह तेस्रो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री महम्मद आफताब आलमको प्रतिस्पर्धा वाम गठबन्धनका उम्मेदवार तथा पूर्व राज्यमन्त्री महम्मद मुस्ताक राजासँग हुँदैछ । सबैभन्दा बढी मुस्लिम समुदायको उपस्थिति रहेको रौतहट क्षेत्र नं. २ मा दुवैजनाबिच रोचक प्रतिस्पर्धा हुने विश्वास गरिएको छ ।

रौतहट क्षेत्र नं. १ मा पूर्व मन्त्री एवं राजपा नेपालको अध्यक्ष मन्डलका सदस्य अनिल कुमार झाको वाम गठबन्धनका संयुक्त उम्मेदवार तथा पूर्व राज्यमन्त्री सत्यनारायण मुखिया बीनसँग चुनावी प्रतिस्पर्धा हुँदैछ । 

रौतहट क्षेत्र नं. ४ मा पूर्व राज्यमन्त्री डा. वंशीधर मिश्र प्रतिनिधिसभाका लागि वाम गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार बन्नुभएको छ भने रौतहट क्षेत्र नं. ३ (क) बाट राजपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं पूर्व राज्यमन्त्री गोविन्द चौधरी प्रदेशसभाका लागि चुनावी मैदानमा हुनुहुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया