MENU

मनोरञ्जन

Ncell Axiata
sagun

गायक अनिश पाण्डेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, कात्तिक २७ – गायक अनिश पाण्डेको नयाँ राष्ट्रिय गीत ‘ के हिमाल, के पहाड के तराई, एउटै नेपाल, मेरो जन्मभूमि म खेल्ने आँगन यही हो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बेलायतमा बस्दै आएका बाग्लुङका गायक पाण्डेले गीत संगीतमा काम गर्दै आएका छन् । यसअघि ‘मनदेखि मन’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले भरिएको गीत लिएर आएका छन् ।

गीतकार भानु भट्टईको शब्द रहेको गीतमा गायक स्वयमको संगीत रहेको छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् । बेलायतमा नै रेर्कड गरिएको गीतले देश वर्तमान परिपक्षलाई मुख्य रुपमा उठाउन खोजेको गायक पाण्डे बताउँछन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया