MENU

समाज

Ncell Axiata
sagun

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा द्वन्द्व पीडितका लागि निःशुल्क स्वास्थ्य सेवा सुरु

जुम्ला, कात्तिक २७ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले द्वन्द्व पीडितका लागि पुनस्र्थापना तथा निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको छ ।

सरकार, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, शान्ति कोषको सचिवालय बबरमहल काठमाडौंले प्रतिष्ठान जुम्लासँगको साझेदारीमा यो सेवा सुरु गरेको हो ।

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले यो परियोजना प्रदेश नम्बर ६ र पछिडिएको क्षेत्रका नागरिकका लागि ठूलो उपलब्धी भएको बताउनुभयो । १३ जिल्लामा पाइने यो सेवाका लागि शान्ति कोषको सचिवालयले १० करोड बजेट स्वीकृत गरेको छ ।

परियोजना अन्तर्गत फिजियोथेरोपी, हाडजोर्नी तथा नसा, स्त्री रोग र प्रसुति सम्बन्धी, नेत्र रोग र एक्सरे क्षेत्रमा विशिष्ट सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया