MENU

खेल

Ncell Axiata
sagun

चारपटकको विश्व विजेता इटाली छनौट हुन सकेन, ६० वर्षपछि इटाली बिहीन विश्वकप

कात्तिक २८ – चारपटकको विश्व विजेता इटाली आउँदो वर्षको विश्वकप फुटबलमा छनौट हुन असफल भएको छ । सोमबार राति भएको विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप खेल्ने संभावना सकिएको हो । स्वीडेनसँगको पहिलो लेगमा १–० ले पराजित भएको इटाली दोश्रो लेगमा बराबरीमा रोकिएको हो । इटाली सन् १९५८ पछि (६० वर्षमा) पहिलोपल्ट विश्वकपमा छनौट हुन असफल भएको हो । सन् १९३० को पहिलो विश्वकप खेल्न अस्वीकार गरेको इटाली १९५८ बाहेकका सबै संस्करणमा छनौट हुँदै आएको थियो । सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो । समग्रमा इटालीलाई १–० ले हराउँदै स्वीडेन १२ औं पल्ट विश्वकपमा छानिएको हो । सन् १९५८ को उपविजेता स्वीडेनले पछिल्लो पल्ट सन् २००६ को विश्वकप खेलेको थियो । १२ वर्षपछि विश्वकपमा पुनरागमन गर्ने क्रममा जियानलुइजी बुफोनको क्लब इटालीलाई स्वीडेनले निराश पार्‍यो । अवे मैदानमा पराजित भएको इटालीले घरेलु मैदानमा भएको दोस्रो लगेमा गोल गर्न नसक्दा विश्वकप यात्रा तय गर्न सकेन । खेल अवधिभर अधिकांश समय बलमा नियन्त्रण रहेर पनि इटालीले बललाई विपक्षीको पोस्टमा प्रहार गर्न भने सकेन । इटालीलाई गोल गर्न नदिनु नै स्वीडेनका लागि विश्वकप यात्रा तय गर्ने बाटो बन्यो । इटालीले २७ पटकसम्म पोस्ट प्रहार गरे पनि त्यो गोलमा परिणत भने हुन सकेन । विश्वफुटबलमा आफ्नो उत्कृष्ट खेल कौशल तथा भव्य व्यक्तित्वको परिचय बनाएका इटालीका कप्तान तथा गोलरक्षक बुफोनका लागि अन्तिम खेल निकै निराशाजनक बन्यो । ३९ वर्षका बुफोनले यो सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका ले स्वीडेनसँगको खेल नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

  • २० मिनेटमा ५ गोल

    युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया