MENU

समाज

Ncell Axiata
sagun

दुई औषधि पसलमा शिलबन्दी

काठमाडौं, कात्तिक २८ – नियमविपरीत सञ्चालनमा रहेका काठमाडौंका दुई औषधि पसललाई शिलबन्दी गरिएको छ । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार काठमाडौंका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक र सागर प्याथोलोजी ल्याबले स्वीकृति नलिई सञ्चालन गरेको पाएपछि शिलबन्दी गरेको हो । 

अनुगमन संयोजक दिपकराज पोखरेलसहितको टोलीले शिलबन्दी गरिएका दुवै औषधि पसललाई तीन दिनभित्र आवश्यक कागजपत्र लिई विभागमा आउन निर्देशन दिएको छ ।

पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिलाई कम गर्न पनि विभागले रातिको समयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो छ । सामान खरिद गर्दा म्याद, मूल्य र प्रयोग गर्न सकिने मिति ख्याल गर्न पनि आम उपभोक्तालाई उहाँले अनुरोधसमेत गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया