MENU

खेल

Ncell Axiata
sagun

विश्व फुटबलका उत्कृष्ट रक्षक बुफोन

टंक ढकाल/उज्यालो । 

काठमाडौं, कात्तिक २८ – जियानलुइजी बुफोनले २० वर्षअघि सन् १९९७ मा इटालीको राष्ट्रिय टिमबाट डेब्यु गर्दाको उत्साह उनको उचाई भन्दा धेरै अग्लो थियो । तर २० वर्षपछि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलले दिएको निराशाको गहिराई निकै भयानक बन्यो । ६ फिट तीन इन्च अग्ला बुफोनले आफ्नो कप्तानीमा विश्वकप फुटबलको यात्रा तय गराउने सपना पूरा गर्न सकेनन् । टिमको महत्वपूर्ण खेलाडीको रुपमा सन् २००६ मा इटालीलाई विश्वकपको उपाधि दिलाएका बुफोन यसपटक आफ्नो कप्तानीमा टिमलाई आउँदो वर्ष रुसमा हुने विश्वकपमा छनौट गराउन चाहन्थे । 

तर युरोपियन क्षेत्रको छनौटका लागि भएको प्ले–अफ अन्तर्गत सोमबार राति भएको दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि पहिलो लेगमा १–० ले पराजित भएको इटाली विश्वकपका लागि छनौट हुन सकेन । सन् २०११ को फेब्रुअरीदेखि कप्तानको जिम्मेवारी सम्हालेका बुफोनले यसअघि नै यो सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका थिए ।

चारपटकको विश्व विजेता इटाली छनौट हुन सकेन, ६० वर्षपछि इटाली बिहीन विश्वकप

यसको अर्थ विश्वकपमा छनौट नभएपछि बुफोनको स्वीडेनसँगको खेल नै राष्ट्रिय टिमबाट अन्तिम बन्यो । तर २० वर्षअघि उत्साहको पहाडसँगै राष्ट्रिय टिमको करिअर सुरु गरेर यो यात्रामा धेरै कीर्तिमान बनाएका बुफोनको यात्रा निराशामा आएर टुंगिन पुग्यो । 

सोमबार रातिको खेलपछि आँसु थाम्न नसकेका ३९ वर्षे बुफोनले विश्वकपमा छनौट हुन नसकेकोमा इटालीयन फुटबललाई माया गर्ने सबैसँग माफी मागेका छन् । ‘अन्तिम औपचारिक खेल विश्वकपमा छनौट हुन असफल भएर टुंगिनु लाजको कुरो हो’ बुफोनले भने ‘यसको दोष सबैले बराबर लिनु पर्छ, कोही यसबाट चोखो रहन सक्दैन ।’

२० वर्षको राष्ट्रिय टिमको करिअरमा एक सय ७५ खेल खेलेका बुफोनले इटाली चारपटकको विश्व विजेता रहेकाले यसपटकको असफलताले सबै कुरा भने नरित्याउने बताए । ‘इटालीयन फुटबलको भविष्य निकै राम्रो छ, किनकी हामीसँग हाम्रो इतिहास छ, खुबी छ, त्यो भन्दा पनि ठूलो कुरा नराम्रो परिवेशबाट बाहिर निश्कन सक्ने क्षमता र धैर्यता हामीसँग छ’, बुफोनले भने । 

विश्व फुटबलका सर्वकालीन उत्कृष्ट रक्षक

बुफोनलाई उनका साथी खेलाडी, प्रशिक्षक तथा फुटबल पण्डितले मात्रै नभएर फुटबल रुचाउने विश्वका सबैले उत्कृष्ट गोलरक्षकका रुपमा लिन्छन् । उनले क्लब र राष्ट्रिय टिमका खेलमा आफूलाई धेरै अघिदेखि नै यो लायक बनाएका हुन् । इटालीयन सिरी ए क्लब युभेन्टसका कप्तान बुफोन उनको बल रोक्न सक्ने उत्कृष्ट क्षमताका लागि परिचित छन् । त्यो भन्दा पनि ड्रेसिङ रुमको वातावरण राम्रो बनाउने व्यक्तिका रुपमा उनी अझ बढी सम्मानित छन् । उनको क्षमता बल रोक्ने मात्रै होइन, डिफेन्सको उत्कृष्ट व्यवस्थापन गर्न सक्ने खेलाडीका रुपमा पनि छ । 

विश्व फुटबलको इतिहासमा सबैभन्दा महंगा गोलरक्षक बुफोन (सन् २००१ मा पार्माबाट ५२ मिलियन युरोमा युभेन्टस आएर कीर्तिमान बनाएका, त्यो अहिलेसम्म तोडिएको छैन) इटालीका महंगा खेलाडी पनि हुन् । क्लब तथा राष्ट्रिय टिमबाट गरी ८ सय ३९ खेल खेलेका बुफोन सिरी ए तथा इटालीबाट सबैभन्दा धेरै खेलमामा गोल नै नखाने गोलरक्षक हुन् । सोमबार रातिको खेलपछि बुफोनले आफू, आफूसँगै लज्जित नरहेको तर इटालीयन फुटबलका समर्थकसँग चाहिँ लज्जित रहेको बताए । 

२० वर्षअघि रुससँगको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका बुफोनको अन्तर्राष्ट्रिय फुटबलको खेल जीवन रुस विश्वकपका लागि छनौट हुन नसकेर टुंगिए पनि उनी विश्व फुटबलका सर्वकालीन उत्कृष्ट खेलाडी हुन्, यसमा दुविधा छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

  • चेल्सीको प्रभावशाली जित, पुग्यो अन्तिम १६ मा

    मंसिर ७ – इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चेल्सी समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।

  • मेस्सी बेन्चमा, बार्सिलोनाले गोल गर्न सकेन

    मंसिर ७ – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो ।

  • अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

    मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

  • मेस्सी अहिलेको पुस्ताका म्याराडोना–डिबाला

    मंसिर ६ – इटालियन सिरी ए क्लब युभेन्टसका स्टार खेलाडी पाउलो डिबालाले लियोनल मेस्सी अहिलेको पुस्ताको म्याराडोना रहेको बताएका छन् । डिबाला र मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सँगै खेल्छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया